मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी, एमाले र रास्वपा पछाडि

Author

सजिलो पत्रिका

२०८२ फागुन २२, शुक्रबार

22
Share
Featured
  • मुस्ताङ–१ बाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन ३,७०७ मतसहित पुनः निर्वाचित भएका छन्।
  • एमालेका इन्द्रधारा विष्ट १,८०६ मतसहित दोस्रो, र रास्वपाका अद्धितीयचन्द्र थकाली ७५९ मतसहित तेस्रो स्थानमा छन्।
  • पूर्वमन्त्री रोमी गौचनका छोराले पिताको राजनीतिक विरासत अघि बढाउँदै मुस्ताङको विकास र पर्यटनलाई प्राथमिकता दिने जिम्मेवारी पाएका छन्; यससँगै कांग्रेसको संघीय संसद प्रतिनिधित्व सुनिश्चित भएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मुस्ताङबाट नेपाली काँग्रेसका उम्मेदवार योगेश गौचन थकाली पुनः निर्वाचित भएका छन्। ३२ वर्षीय गौचनले ३ हजार ७०७ मत प्राप्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का इन्द्रधारा विष्टलाई १ हजार ५०१ मतान्तरले पराजित गरेका हुन्। विष्टले १ हजार ८०६ मत प्राप्त गरे।

पूर्वमन्त्री रोमी गौचनका छोरा योगेश पर्यटन व्यवसायी हुन् र उनले २०७९ को निर्वाचनमा पनि यसै क्षेत्रबाट जित हासिल गरेका थिए। मुस्ताङमा पहिलोपटक प्रतिस्पर्धामा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अद्धितीयचन्द्र थकाली ७५९ मतका साथ तेस्रो स्थानमा रहेका छन्।

पिताको राजनीतिक विरासत जोगाउँदै मुस्ताङको विकास र पर्यटनलाई उचाइमा पुर्‍याउने जिम्मेवारी अब युवा नेता गौचनको काँधमा आएको छ। यो विजयसँगै नेपाली काँग्रेसले संघीय संसदमा आफ्नो प्रतिनिधित्व सुनिश्चित गरेको छ।

यो समाचारमा

नेपाली काँग्रेसराष्ट्रिय स्वतन्त्र पार्टीनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ
मुस्ताङ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...