चितवन–२ मा रवि लामिछानेको अग्रता कायमै, एमालेका अस्मिन घिमिरे दोस्रो

Author

सजिलो पत्रिका

२०८२ फागुन २२, शुक्रबार

19
Share
Featured
  • चितवन–२ को मतगणनामा रास्वपा सभापति रवि लामिछाने २,८०१ मतसहित पहिलो स्थानमा छन्।
  • एमालेका अस्मिन घिमिरे १,२५९ मतसहित दोस्रो स्थानमा छन्, लामिछानेसँग १,५४२ मतको अन्तर छ।
  • प्रताप गुरुङले १,१५६ मत र कांग्रेसकी मिना खरेलले ९१६ मत प्राप्त गरेकी छन्; मतगणना जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन्। हालसम्म गणना भएको ६ हजार ६२३ मतमध्ये लामिछानेले २ हजार ८०१ मत प्राप्त गर्दै शीर्ष स्थान ओगटेका छन्।

उनलाई नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले १ हजार २५९ मतका साथ पछ्याइरहेका छन्। लामिछाने र घिमिरेबीच १ हजार ५४२ मतको अन्तर रहेको छ।

यस्तै, नेकपाका उम्मेदवार प्रताप गुरुङले १ हजार १५६ मत र नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलले ९१६ मत प्राप्त गरेकी छिन्। सुरुवाती चरणदेखि नै अग्रता लिएका लामिछानेले मतगणना अघि बढ्दै जाँदा मतान्तरलाई फराकिलो बनाउँदै लगेका छन्। यहाँको मतगणना कार्य जारी छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँरवि लामिछानेप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...