काठमाडौँ।
प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार डा. तोसिमा कार्कीले आफ्नो अग्रतालाई निकै बलियो बनाएकी छन्। आज बिहान ७:३० बजेको पछिल्लो अपडेट अनुसार डा. कार्की आफ्ना प्रतिस्पर्धीहरूभन्दा निकै अगाडि देखिएकी हुन्।
डा. तोसिमा कार्कीले २,३७९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार ५९० मतका साथ दोस्रो स्थानमा छन्। डा. कार्की र एमाले उम्मेदवारबीच १,७८९ मतको ठूलो अन्तर रहेको छ।
यस्तै, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार १२३ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन्। सुरुवाती चरणदेखि नै अग्रता लिएकी डा. कार्कीले मतगणना अघि बढ्दै जाँदा मतान्तरलाई झन् फराकिलो बनाउँदै लगेकी छन्। यहाँको मतगणना अझै जारी छ।