मतदाता परिचयपत्र नभए पनि भोट हाल्न पाइने, यी ६ कागजात बोकेर मतदान केन्द्र जानुस्

Author

सजिलो पत्रिका

२०८२ फागुन १९, मङ्गलबार

22
Share
Featured
  • निर्वाचन आयोग नेपालका अनुसार बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान हुनेछ।
  • मतदाता परिचयपत्र नभए पनि नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) मध्ये कुनै एकको सक्कल प्रति देखाएर मतदान गर्न सकिनेछ।
  • मतदान केन्द्रमा महिला–पुरुषका लागि छुट्टाछुट्टै लाइन तथा ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, अपाङ्गता भएका र अशक्त व्यक्तिहरूका लागि विशेष व्यवस्था गरिएको छ; आवश्यक परे कर्मचारीले सहयोग गर्नेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान हुँदैछ। निर्वाचन आयोगका अनुसार देशभरका तोकिएका मतदान केन्द्रहरूमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदाता नामावलीमा नाम भएका नागरिकले आयोगले जारी गरेको मतदाता परिचयपत्र नभए पनि अन्य ५ प्रकारका सरकारी कागजात देखाएर मतदान गर्न पाउनेछन्। जसमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वा जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) मध्ये कुनै एकको सक्कल प्रति बोकेर मतदान केन्द्र जानुपर्नेछ।

मतदान केन्द्रमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। साथै, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी, अपाङ्गता भएका र शारीरिक रूपमा अशक्त व्यक्तिहरूका लागि लाइनमा नबसी सहज रूपमा मतदान गर्ने विशेष व्यवस्था मिलाइएको छ। आफैँले मत हाल्न नसक्ने मतदाताका लागि मतदान अधिकृत वा खटिएका कर्मचारी र स्वयंसेवकले आवश्यक सहयोग गर्ने आयोगले जनाएको छ। आयोगले सबै मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आह्वान गरेको छ।

यो समाचारमा

निर्वाचन आयोगकाठमाडौँप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...