निर्वाचन बिथोल्ने अफवाह फैलाएको आरोपमा ज्योतिष रुद्रनाथ अधिकारी पक्राउ

Author

सजिलो पत्रिका

२०८२ फागुन १९, मङ्गलबार

18
Share
Featured
  • रुद्रनाथ अधिकारीलाई प्रतिनिधिसभा निर्वाचन बिथोल्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत ‘निर्वाचन हुँदैन’ भन्ने भ्रामक सूचना फैलाएको आरोपमा पक्राउ गरिएको छ।
  • उपत्यका अपराध अनुसन्धान कार्यालय ले पक्राउ गरी उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मा लगाएको छ।
  • प्रहरीका अनुसार निर्वाचनलाई प्रभावित पार्ने र नागरिकमा भ्रम सिर्जना गर्ने गतिविधिबारे थप अनुसन्धान भइरहेको छ र यस्ता भ्रामक सामग्री नफैलाउन सबैलाई सचेत गराइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन बिथोल्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा प्रहरीले ज्योतिष रुद्रनाथ अधिकारीलाई पक्राउ गरेको छ। युट्युबमार्फत ‘निर्वाचन हुँदैन’ भन्ने भ्रामक सूचना सम्प्रेषण गरी निर्वाचन प्रक्रियामा अवरोध पुर्‍याउन खोजेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।

उपत्यका अपराध अनुसन्धान कार्यालयले अधिकारीलाई पक्राउ गरी आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मा लगाएको छ। काठमाडौँ प्रहरीका एसपी पवन भट्टराईका अनुसार, निर्वाचनलाई प्रभावित पार्ने र नागरिकमा भ्रम सिर्जना गर्ने गतिविधिमा संलग्न भएको आशंकामा उनीमाथि थप अनुसन्धान भइरहेको छ। प्रहरीले निर्वाचनको मुखमा यस्ता भ्रामक सामग्री सम्प्रेषण नगर्न समेत सबैलाई सचेत गराएको छ।

यो समाचारमा

प्रतिनिधि सभाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...