काठमाडौँ।
रौतहटको महागढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा मोटरसाइकलमा सवार दम्पतीलाई लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल नेपालको ‘स्ट्राइकिङ’ टोलीले गएराति सोही ठाउँका २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनीलाई नियन्त्रणमा लिएको हो।
जिल्लाको राजदेवी नगरपालिका–८ का धमेन्द्र राय यादव र उनकी श्रीमती चन्चला सवार मोटरसाइकल रोकेर उनीहरूले गहना लुट्ने प्रयास गरेका थिए। सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाका अनुसार लुटपाटमा संलग्न तीनमध्ये दुई जनालाई तत्कालै नियन्त्रणमा लिइएको हो भने एक जना फरार रहेका छन्।
निर्वाचन क्षेत्र सुरक्षा वेश सन्तपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। फरार व्यक्तिको खोजी भइरहेको र पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।