प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

Author

सजिलो पत्रिका

२०८२ फागुन १८, सोमबार

16
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्की ले आगामी बिहीबार हुने निर्वाचनको सन्दर्भमा आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने तयारी गरेकी छन्।
  • उनका प्रेस सल्लाहकार राम रावल का अनुसार सम्बोधन निर्वाचनको वातावरण र समसामयिक विषयमा केन्द्रित हुनेछ, समय भने चाँडै तय गरिनेछ।
  • ‘जेनजी विद्रोह’ पछि गठित अन्तरिम सरकारको नेतृत्व गरिरहेकी कार्कीले निर्वाचन सम्पन्न गरी सत्ता नयाँ जनप्रतिनिधिलाई हस्तान्तरण गर्ने तयारी गरेकी छन् र त्यसपछि सरकारबाट बाहिरिनेछिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएकी छन्। आगामी बिहीबार हुने निर्वाचनको सन्दर्भमा उनले देशवासीलाई सम्बोधन गर्न लागेकी हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार सम्बोधनको तयारी भइरहेको छ, तर समय भने केही बेरमा तय हुनेछ। सम्बोधन मुख्यतः निर्वाचनको वातावरण र समसामयिक विषयमा केन्द्रित हुने बताइएको छ।

गत भदौ २३ र २४ गतेको 'जेनजी विद्रोह' पछि गठित अन्तरिम सरकारको नेतृत्व गरेकी कार्कीले निर्वाचन सम्पन्न गराएर नयाँ जनप्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने तयारी गरेकी छन्। निर्वाचनपछि उनी सरकारबाट बाहिरिनेछिन्।

यो समाचारमा

सुशीला कार्कीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    काठमाडौँ । सरकारले 'जेनजी आन्दोलन' का शहीद परिवार र घाइतेहरूको पुनस्र्थापना, जीवनयापन तथा सामाजिक संरक्षणका लागि एकीकृत कार्ययोजना अघि बढाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले स्वीकृत गरेको यस कार्ययोजनाअनुसार अब सरकारी निकायहरूमा करारमा कर्मचारी नियुक्ति गर्दा शहीद परिवारका एक सदस्य वा घाइतेलाई योग्यता र क्षमताका आधारमा पहिलो प्राथमिकता दिइनेछ।कार्ययोजनामा शहीद परिवार

    Data is loading...

    Loading brands...

    Loading footer...