स्वतन्त्र उम्मेदवार माण्डव्यको आरोप : ‘स्वतन्त्र राजनीति हाइज्याक भयो, चुनावले नयाँ निकास दिँदैन’

Author

सजिलो पत्रिका

२०८२ फागुन १७, आइतबार १९:५५

20
Share
Featured

काठमाडौँ

काठमाडौं क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य स्वतन्त्र उम्मेदवार राजानन्द माण्डव्यले स्वतन्त्र राजनीतिक अभियानलाई दलहरूले कब्जा गरेको आरोप लगाएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले स्वतन्त्र राजनीति गर्ने अभियानलाई संस्थागत दलहरूले आफ्नो हितअनुसार प्रयोग गरेको दाबी गरे।

उनले २०७९ सालको स्थानीय तह निर्वाचनपछि सुरु गरिएको स्वतन्त्र उम्मेदवारी अभियानलाई पछि दलहरूले प्रयोग गरेको बताए । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएपछि स्वतन्त्र आन्दोलनको मर्म कमजोर भएको उनको भनाइ थियो ।

माण्डव्यले स्वतन्त्र भन्ने शब्द साझा आन्दोलनको प्रतिीक भएकाले कुनै दलले त्यसलाई आफ्नो नाममा प्रयोग गर्नु उपयुक्त नहुने तर्क गरे । उनले उक्त नाम दर्ता प्रक्रियामा असहमति जनाउँदै निर्वाचन आयोगमा उजुरी दिएको स्मरण पनि गराए।

‘स्वतन्त्र उम्मेदवारी अभियान एकाएक हाइज्याक भयो, त्यो स्वतन्त्र उम्मेदवारी अभियान कसैले हाइज्याक गर्यो भने त्यतिबेला तत्कालिन मुकुल ढकाल र रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन भयो र राष्ट्रिय स्वतन्त्र पार्टी गठन भइसके पछाडि त्यो पार्टी निर्वाचन कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी भनेर नामकरण भयो २०७९ साल तीन महिनाका सात गते र आठै गते हामीले यो स्वतन्त्र भन्ने नाम यसरी कब्जा गर्न पाइदैन । यो स्वतन्त्र भन्ने स्वतन्त्रै हुनुपर्छ,’ उनले भने ।

उनले दलमा पुराना राजनीतिक व्यक्तिहरूको वर्चस्व कायम रहेको भन्दै नयाँ वैकल्पिक राजनीति अघि बढ्न नसकेको बताए। ‘हिजो कांग्रेस, एमाले, माओवादीमा रहेका व्यक्तिहरू नै आज नयाँ दलमा छन् भने त्यसलाई नयाँ राजनीति भन्न मिल्दैन,’ उनले भने।

माण्डव्यले वर्तमान राजनीतिक प्रक्रियामाथि पनि प्रश्न उठाउँदै आन्दोलन र चुनावबीचको सम्बन्धबारे स्पष्ट समीक्षा हुनुपर्ने बताए । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लगायत पुराना नेताहरूलाई पुनः उम्मेदवार बनाइनु आन्दोलनको भावना विपरीत भएको दाबी गरे । साथै, उनले रवि लामिछाने, बालेन शाह जस्ता नयाँ अनुहारले पनि पुरानै संरचनालाई निरन्तरता दिएको आरोप लगाए ।

उनले राजनीतिक परिवर्तनका नाममा पुरानै शक्ति संरचना दोहोरिएको भन्दै अहिलेको चुनावबाट ठोस निकास नआउने जिकिर गरे।

माण्डव्यले आगामी दिनमा देशभरका स्वतन्त्र उम्मेदवार र अभियन्ताहरूलाई एकीकृत गरेर नयाँ मोर्चा निर्माण गर्ने घोषणा पनि गरे। ‘हामी कुनै दलमा आबद्ध छैनौं, तर स्वतन्त्रहरूको साझा मोर्चा बनाएर आगामी निर्वाचनमा संगठित रूपमा जानेछौं,’ उनले भने ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीकाठमाडौँ

ट्यागहरू

#पत्रकार सम्मेलन#राष्ट्रिय स्वतन्त्र पार्टी#प्रतिनिधिसभा सदस्य स्वतन्त्र उम्मेद#काठमाडौं क्षेत्र नं. १

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    sajilo patrika

    कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

    घण्टीको गर्जन र ’बालेन’ लहरः पुराना दलको ’साम्राज्य’ अन्त्य भएकै हो ?

    खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू