सर्लाहीमा दम्पती मृत भेटिए, घटना शंकास्पद

Author

सजिलो पत्रिका

२०८२ फागुन १६, शनिबार

25
Share
Featured

काठमाडौँ

बलरा नगरपालिका– १० सुदामा बसोबास गर्दै आएका अन्दाजी ६० वर्षीय भनु महतो र उनकी ५६ वर्षीया श्रीमती निर्मलादेवी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

प्रहरीका अनुसार दम्पतीको शव घरबाट करिब पाँच सय मिटर उत्तर–पश्चिम दिशामा रहेको गोठघरभित्र बाँसको बलोमा प्लास्टिकको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा भेटिएको हो।

शनिबार बिहान करिब ८ बजे स्थानीयले देखेपछि तत्काल इलाका प्रहरी कार्यालय गडहियामा खबर गरेका थिए ।

सूचना पाउना साथ प्रहरीको टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट फरेन्सिक टोलीसमेत परिचालन गरी अनुसन्धान अघि बढाइएको छ। स्थानीयका अनुसार घटना शंकास्पद रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी सरोज राईका अनुसार घटनाको कारणबारे यकिन भइसकेको छैन ।

दम्पतीले आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिए पनि वास्तविक कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

सर्लाहीबलरा नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    काठमाडौँ । रुकुमपूर्वको कोल क्षेत्र केन्द्रविन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको धक्का रुकुमपूर्वका साथै आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। भूकम्पका कारण भएको मानवीय वा भौतिक क्षतिको हालसम्म कुनै आधिकारिक विवरण प्राप्त

    Data is loading...

    Loading brands...

    Loading footer...