एशियन पेन्ट्सको सञ्चालन आम्दानी ५ अर्ब ८९ करोड

Author

सजिलो पत्रिका

२०८२ फागुन १५, शुक्रबार

21
Share
Featured

काठमाडौँ

नेपालको रङ बजारमा अग्रणी स्थान ओगटेको एशियन पेन्ट्स (नेपाल) प्राइभेट लिमिटेडको सञ्चालन आम्दानीमा सन् २०२५ मा उल्लेखनीय सुधार देखिएको छ । अघिल्लो वर्ष (सन् २०२४) आर्थिक मन्दीका कारण व्यवसायमा भारी गिरावट व्यहोरेको कम्पनीले यस वर्ष २६ प्रतिशतभन्दा बढीको वृद्धिदर हासिल गर्दै पुनरागमन गरेको हो ।

रेटिङ एजेन्सी इक्रा नेपालले हालै सार्वजनिक गरेको विवरण अनुसार, सन् २०२५ मा कम्पनीले ५ अर्ब ८९ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो आम्दानी सन् २०२४ को तुलनामा १ अर्ब २२ करोड ४० लाख रुपैयाँले बढी हो । सन् २०२४ मा कम्पनीको आम्दानी खुम्चिएर ४ अर्ब ६७ करोड ४० लाख रुपैयाँमा सीमित भएको थियो, जुन सन् २०२३ को तुलनामा करिब ४० प्रतिशतको गिरावट थियो ।

बिक्री परिमाणमा भएको वृद्धि र बिक्री मूल्यमा गरिएको परिमार्जनका कारण कम्पनीको सञ्चालन नाफा मार्जिनमा पनि सुधार आएको छ । सन् २०२४ मा ९.१ प्रतिशतमा झरेको नाफा मार्जिन सन् २०२५ मा बढेर १४.२ प्रतिशत पुगेको छ । यद्यपि, यो सुधार ऐतिहासिक उच्च विन्दुको तुलनामा भने अझै केही कम नै हो । सन् २०२२ मा कम्पनीको आम्दानी ८ अर्ब ५७ करोड ४० लाख रुपैयाँ र नाफा मार्जिन २१.५ प्रतिशत रहेको थियो ।

मजबूत वित्तीय आधार

एशियन पेन्ट्स नेपालको एउटा मुख्य सबल पक्ष यसको बलियो वित्तीय संरचना र न्यून ऋण भार हो । कम्पनीले विगत पाँच वर्षदेखि औसतमा आफ्नो खुद नाफाको ३५ प्रतिशत मात्र लाभांशका रूपमा वितरण गरी बाँकी हिस्सा सञ्चित गर्दै आएको छ । यसले गर्दा सन् २०२५ जुलाई मध्यसम्ममा कम्पनीको नेटवर्थ ७ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । यस नेटवर्थको ९९ प्रतिशत हिस्सा सञ्चित आम्दानीले ओगटेको छ भने ७१ प्रतिशत रकम नगद सञ्चितिका रूपमा रहेको छ ।

बजार उपस्थिति र चुनौती

सन् १९८३ मा स्थापना भएको यस कम्पनीको उत्पादन प्लान्ट मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा अवस्थित छ । वार्षिक १ लाख १ हजार ८०० मेट्रिक टन उत्पादन क्षमता रहेको यस कम्पनीले ४४ भन्दा बढी ब्रान्डका रङहरू उत्पादन गर्दै आएको छ । साथै, सन् २०२२ देखि कम्पनीले बाथरुम फिटिङ्सको एसेम्बली समेत सुरु गरेको छ ।

इक्रा नेपालले कम्पनीको बलियो ब्रान्ड भ्यालु, विस्तृत डिलर नेटवर्क र भारतीय माउ कम्पनी (एशियन पेन्ट्स लिमिटेड, इन्डिया) को ५३ प्रतिशत शेयर स्वामित्वलाई सकारात्मक पक्षका रूपमा लिएको छ ।

यद्यपि, निर्माण क्षेत्रमा आउने उतारचढाव, कच्चा पदार्थको मूल्यमा हुने अस्थिरता र वैदेशिक मुद्राको जोखिम भने कम्पनीका लागि चुनौतीका रूपमा रहेका छन् । कम्पनीले भविष्यमा आफ्नै इमल्सन पेन्टको कच्चा पदार्थ उत्पादन गर्ने योजना बनाएकाले आगामी दिनमा यसको पुँजीगत खर्च बढ्न सक्ने अनुमान गरिएको छ ।

यो समाचारमा

नेपालकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...