सिंहदरबार कसले जलायो? रवि लामिछाने भन्छन्– 'जसले बालबालिकामाथि गोली ठोक्यो'

Author

सजिलो पत्रिका

२०८२ फागुन १५, शुक्रबार

21
Share
Featured
  • रास्वपाका सभापति रवि लामिछानेले ‘जेनजी आन्दोलन’ क्रममा पहिला गोली चलेको र त्यसपछि मात्र सिंहदरबार जलेको दाबी गरेका छन्।
  • उनले सिंहदरबार जलाउने र प्रदर्शनकारीमाथि गोली चलाउने समूह एउटै भएको आरोप लगाए।
  • सत्तामा रहेकाहरूले सिंहदरबारलाई भ्रष्टाचारको केन्द्र बनाएकाले यस्तो अवस्था आएको भन्दै उनले निर्वाचनको मुखमा कडा राजनीतिक टिप्पणी गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले 'जेनजी आन्दोलन' का क्रममा पहिला गोली चलेको र त्यसपछि मात्र सिंहदरवार जलेको दाबी गरेका छन्। शुक्रबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले सिंहदरबार कसले जलायो भन्ने प्रश्नको जवाफ दिँदै यस्तो टिप्पणी गरेका हुन्।

"भदौ २३ र २४ मा पहिला गोली चल्यो अनि सिंहदरबार जल्यो," लामिछानेले भने, "सिंहदरबार त्यसैले जलायो, जसले यसलाई भ्रष्टाचारको अखडा बनायो र बालबालिकाहरूमाथि गोली ठोक्यो।" उनले सिंहदरबार जलाउने र प्रदर्शनकारी बालबालिकामाथि गोली चलाउने समूह एउटै भएको जिकिर गरे।

लामिछानेले सत्तामा रहेकाहरूले सिंहदरबारलाई भ्रष्टाचारको केन्द्र बनाएकाले नै यस्तो परिस्थिति सिर्जना भएको आरोप लगाए। निर्वाचनको मुखमा उनले विगतको आन्दोलन र राज्यको कदमलाई लिएर कडा राजनीतिक टिप्पणी गरेका हुन्।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीरवि लामिछानेसिंहदरवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...