झापा–५ मा सुरक्षा व्यवस्था कडा: सेना, प्रहरी र सशस्त्रको संयुक्त गस्ती सुरु

Author

सजिलो पत्रिका

२०८२ फागुन १४, बिहिबार

26
Share
Featured
  • झापा–५ मा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त गस्ती सुरु गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।
  • निर्वाचनलाई भयरहित र निष्पक्ष बनाउन एकीकृत सुरक्षा योजनाअनुसार विभिन्न स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
  • यस क्षेत्रमा केपी शर्मा ओली र बालेन्द्र साह (बालेन)बीच मुख्य प्रतिस्पर्धा हुने भएकाले झापा–५ को नतिजाप्रति उच्च चासो देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशकै सबैभन्दा बढी चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ मा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ। सम्भावित आपराधिक गतिविधि रोक्न र शान्ति सुरक्षा कायम गर्न एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त गस्ती सुरु गरेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार निर्वाचन सुरक्षामा कुनै आँच आउन नदिन र आपराधिक प्रवृत्तिका मानिसहरूलाई हतोत्साहित गर्न आवश्यकताअनुसार विभिन्न स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ। निर्वाचनलाई भयरहित, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउनु यो गस्तीको मुख्य उद्देश्य रहेको सुरक्षा निकायले जनाएको छ।

यस क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीकाठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन) बीच मुख्य प्रतिस्पर्धा हुँदैछ।

सामाजिक सञ्जालमा बालेनको पक्षमा ठूलो माहोल र जितको दाबी गरिएका पोस्टहरू आइरहेका छन् भने एमाले अध्यक्ष ओलीले भित्री रूपमा मतदाताहरूसँग नजिकिएर घरदैलो अभियानलाई तीव्र पारेका छन्। दुई प्रभावशाली व्यक्तित्वबीचको यो 'हेभीवेट' भिडन्तका कारण झापा–५ को नतिजा कसको पक्षमा जान्छ भन्ने विषयमा स्थानीयस्तरमा समेत निकै कौतुहलता र अन्योल देखिएको छ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीखड्गप्रसाद शर्मा ओलीप्रतिनिधि सभा
बालेन्द्र शाह (बालेन)6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    झापाको बुद्धशान्तिमा ५ परिवारलाई लालपुर्जा वितरण

    काठमाडौं । झापाको बुद्धशान्ती गाउँपालिकामा अव्यवस्थित बसोबास गर्दै आएका ५ परिवारले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले ती परिवारलाई लालपुर्जा वितरण गर्दै उनीहरूको लामो समयदेखिको जग्गा स्वामित्वको समस्या समाधानतर्फ अर्को कदम चालेको हो ।समितिका अनुसार वितरण गरिएका जग्गामध्ये केही आवास निर्माणका लागि उपयुक्त

    Data is loading...

    Loading brands...

    Loading footer...