पार्वत गुरुङ्गको चुनावी प्रचारमा जे देखियो

Author

सस्मिता सुनार

२०८२ फागुन १४, बिहिबार

63
Share
Featured

काठमाडौं । आसन्नप्रतिनिधि सभा निर्वाचनले देशको माहोल चुनावमय छ । उम्मेदवार,दलका नेता तथा कार्यकर्ता आआफ्नो चुनावी एजेन्डा बोकेर मैदानमा छन् । घरघर पुगेर मतदाता भेटिरहेका छन् । मतदाताका राम्रा नराम्रा, खस्रा, मीठा कुराहरु सुनिरहेका छन् । दोलखा क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा निर्वाचनका लागि तेस्रो पटक उम्मेदवार रहेका पार्वत गुरुङको चुनावी प्रचारको शैली भने अलिक भिन्न देखियो । 


दोलखाको गौरी शखर गाउँपालिका ५ सुरी स्थायी घर भएका उनी यसअघि २०७० र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका थिए ।  त्यसैले प्रतिनिधि सभा अर्थात् सदन यात्राका लागि उनको तेस्रो प्रतिस्पर्धा हो । दोलखामा उनको छवि प्रभावशाली नेताको रुपमा स्थापित छ । गुरुङ्गले केपी शर्मा ओली नेतृत्वको सरकारमा सूचना तथा सञ्चार मन्त्री, महिला तथा बालबालिका जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । 


साथै उनले सरकारको प्रवक्ताको रुपमा कुसल भूमिका निर्वाह गरेका थिए । त्यस कारण उनलाई अनुभवी नेताका रुपमा हेरिएको छ । पात्र पुरानै भए पनि फागुण २१ गते हुने निर्वाचनका लागि उनको चुनावी प्रचारप्रसार अलिक भिन्न देखियो । अन्य दलका नेता तथा कार्यकर्ताले प्रचारमा अनेक चटक गर्दा उनी भने सामान्य रुपमा घरकै सदस्य झैं प्रस्तुत भइरहेको देखिन्छ । 


उनको कुनै तडक भडक छैन । निर्वाचन आचारसंहितालाई नै चुनौती दिने गरी भइरहेका अनेक चर्तिकलाबीच उनी घरघर पुगेर मतदाताको पिँढीमा गफिन्छन् । अघिल्लो कार्यकालमा अधुरा रहेका कामबारे समीक्षा गर्दै जनगुनासो सुन्छन् । त्यसो त, पार्वत गुरुङ्ग आरोप प्रत्यारोप र वाद विवादमा उत्रिने व्यक्ति होइनन् । उनी सरकारका मन्त्री तथा प्रवक्ता रहँदा पनि कुनै पनि किसिमको विवादित अभिव्यक्तिमा फसेनन् । र, उल्लेखनीय काम गरे । उनी भन्छन्, काम गरेपछि कामले स्वतः प्रचार गर्छ । जनताले महसुस गर्छन, मैले दोलखाका धैरै विकासका काम गरेकै कारण  दोलखाली जनताको जनमत जितेको हुँ । र, अब पनि मैले नै मत पाउने छु, । 


दोलखाका विभिन्न वडा र पालिकाका मतदाताको घदौलोमा पुगेर अघिल्लो कार्यकालमा गर्न नसकेका काम अब पूरा गर्ने प्रतिवद्धता उनले जनाएका छन् । गुरुङ्ग पार्टी संगठनभित्र पनि बलियो हैसियत राख्छन् । जिल्लादेखि केन्द्रसम्मका नेता तथा  कार्यकर्ताको बलियो सर्मथन देखिन्छ । उनी एमालेको ११औँ महाधिवेशनबाट खुल्ला  तर्फबाट केन्द्रीय सदस्य निर्वाचित भएका हुन । उनले तेस्रो पटक प्रतिनिधि सभाको लागि उम्मेदवारी दिदै गर्दा दोलखामा गरेको काम कै कारण पनि जनताको विश्वास जित्ने शाहस गरेका छन् ।  

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उनले ऐतिहासिक मतान्तरका साथ विजय हासिल गरेका थिए । उक्त निर्वाचनमा गुरुङले ५५ हजार ४५७ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रुद्रबहादुर खड्काले २४ हजार ८३१ मत प्राप्त गरेका थिए । त्यो मतान्तरलाई दोलखामा एमालेको बलियो जनाधारको स्पष्ट संकेत मानिन्छ । यसपटक उनको क्षेत्रमा प्रतिस्पर्धीको रुपमा कांग्रेसबाट अजयबाबु शिवाकोटी, नेपाली कम्युनिष्ट पार्टीबाट विशाल खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जगदीश खरेल छन् ।  


दोलखामा विशेषगरी सञ्चार र सूचना प्रविधिको विस्तार तथा सामाजिक क्षेत्रका नीतिगत सुधारमा उनको योगदान उल्लेखनीय छ । दोलखाको सडक, विद्युत्, पर्यटन र रोजगारीका सवाललाई केन्द्रमा राखेरअघि बढ्ने रणनीतिसहित पार्वत चुनावी मैदानमा छन् । स्थानीयदेखि संघीय सरकारसम्मको अनुभव भएकाले उनी दोलखाको आवाज संसदमा प्रभावकारी रूपमा उठाउन सक्षम नेताका रुपमा चिनिन्छन् । तर, उनको तेस्रो संसदीय यात्रा सफल भए नभएको थाहा भने फागुन २१ को मतदानपछि थाहा हुनेछ ।


यो समाचारमा

पार्वत गुरुङप्रतिनिधि सभा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...