ठगी आरोपमा झापामा एक जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ फागुन १३, बुधबार

24
Share
Featured

काठमाडौँ

नेपाल प्रहरीले झापामा ठगी आरोपमा बलराम कार्कीका छोरा विभुतजंग कार्कीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरीका अनुसार बिर्तामोड निवासी तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्थानीय नेता कार्कीका २४ वर्षीय छोरा विभुतजंगलाई हिजो साँझ मेचीनगर स्थित एक सुधारगृहबाट नियन्त्रणमा लिइएको हो ।

उनीविरुद्ध अर्जुनधारा–११ बस्ने ४७ वर्षीय युवराज गिरी ले इलाका प्रहरी कार्यालय बिर्तामोडमा ठगी मुद्दा दर्ता गराएका थिए । जाहेरवालाका अनुसार उनका छोरा अर्पण गिरीलाई अष्ट्रेलियामा अध्ययनरत एक किशोरीसँग सम्पर्क गराई विवाहको शर्तमा कलेज खर्च भन्दै विभुतजंगले ३ लाख १५ हजार रुपैयाँ मागेका थिए ।

प्रहरीका अनुसार किशोरीको नाममा पटक पटक रकम मगाएर उक्त पैसा आफूले नै प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । कार्कीविरुद्ध गत मंसिरमै मुद्दा दर्ता भएको थियो । पक्राउपुर्जी जारी भएको करिब तीन महिनापछि उनलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

यो समाचारमा

काठमाडौँझापानेपाल प्रहरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...