‘सेफगार्डिङ’ प्रणालीलाई संस्थागत तथा थप प्रभावकारी बनाउँदै नेपाल रेडक्रस

Author

सजिलो पत्रिका

२०८२ फागुन १३, बुधबार

23
Share
Featured

काठमाडौँ

नेपाल रेडक्रस सोसाइटीले संरक्षण (सेफगार्डिङ) प्रणालीलाई संस्थागत तथा प्रभावकारी बनाउने उद्देश्यले प्रगतिको मध्यावधि समीक्षा गरेको छ । समीक्षा कार्यकममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव अञ्जु ढुङ्गानाले महिला तथा बालबालिकाको संरक्षण र ‘सेफगार्डिङ’ क्षेत्रमा सरकारी नीति तथा कार्यक्रमहरूको जानकारी गराउनुभएको थियो ।

रेडक्रसको अन्तरराष्ट्रिय समिति (आइसिआरसी), रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको महासङ्घ (आइएफआरसी), ब्रिटिस रेडक्रस, अमेरिकन रेडक्रस, फिनिस रेडक्रस, स्वीस रेडक्रस र डेनिस रेडक्रसलगायतका साझेदार राष्ट्रिय सोसाइटी र नेपाल रेडक्रसका प्रतिनिधिले ‘सेफगार्डिङ’ सम्बन्धमा देखिएका चुनौती र संरक्षणका क्षेत्रमा जागरण, उजुरी सङ्कलन, समयमै सम्बोधन र सहायताका विषयलाई अबका दिनमा प्राथमिकता दिनुपर्ने धारणा राख्नुभएको थियो ।

नेपाल रेडक्रस ‘सेफगार्डिङ’ कार्यक्रम संयोजक सुभेच्छा मानन्धरले संरक्षण र ‘सेफगार्डिङ’ लक्षित सम्पन्न गतिविधिहरू र नेरेसो केन्द्र तथा प्रदेशस्तरीय सङ्गठनात्मक मूल्याङ्कनबारे जानकारीपश्चात् समूहगत कार्यबाट ‘सेफगार्डिङ’ प्रणाली सुढृढ गर्न रिफरल प्रणाली र गोप्य सूचनादातालाई संरक्षणको विषयमा ध्यान दिने निचोड निकालिएको छ ।

आयोजकको तर्फबाट नेपाल रेडक्रस सोसाइटी संरक्षण, लैङ्गिक तथा समावेशीकरण विभागका निर्देशक दिव्यराज पौडेलले विगतका संरक्षण गतिविधिबाट सकारात्मक नतिजा आएको बताउनुभयो । उहाँले नेपाल सरकारको एकद्वार सङ्कट व्यवस्थापन केन्द्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै समुदाय र सहायताकर्मीलाई सबै प्रकारका दुव्र्यवहार र विभेदबाट बचाउने संस्कृति विकास गर्न तथा प्रभावित केन्द्रित अवधारणा लागू गर्न नेरेसोका सबै तहका स्वयंसेवक र कर्मचारीहरूलाई प्रेरित गरिने जानकारी दिनुभयो ।  नेपाल रेडक्रसले यौन शोषण, दुव्र्यवहार तथा उत्पीडन प्रति शून्य सहनशीलताको नीति लिएको छ । 

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...