बैतडीमा फेरि एक निर्वाचन प्रहरीको मृत्यु

Author

सजिलो पत्रिका

२०८२ फागुन १२, मङ्गलबार

20
Share
Featured
  • बैतडीमा निर्वाचन सुरक्षामा खटिएका प्रहरी राजेन्द्र प्रसाद भट्ट (३८ वर्ष) को सोमबार राति उपचारका क्रममा मृत्यु भएको छ।
  • भट्ट ड्युटी सकेर घर फर्किने क्रममा अचानक बेहोस भएका थिए; उनलाई प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइए पनि चिकित्सकले राति १२:०५ बजे मृत घोषणा गरेका थिए।
  • बैतडीमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीको मृत्यु यो तेस्रो घटना हो; घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

बैतडीमा निर्वाचन सुरक्षाका लागि खटिएका एक निर्वाचन प्रहरी (म्यादी) को मृत्यु भएको छ। मैलौली नगरपालिका–६ का ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट (युवराज) को सोमबार राति उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सोमबार साँझ ड्युटी सकेर घर फर्किएका भट्ट अचानक बेहोस भएका थिए। उनलाई तत्काल केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइए पनि चिकित्सकले राति १२:०५ बजे मृत घोषणा गरेका थिए।

बैतडीमा निर्वाचन सुरक्षामा खटिएका प्रहरीको मृत्यु भएको यो तेस्रो घटना हो। यसअघि फागुन ८ गते महादेव ओड र माघ २० गते प्रकाश चन्दको पनि मृत्यु भएको थियो। भट्टको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

बैतडीकाठमाडौँमैलौली नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    काठमाडौं । कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिका-१० मा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। ४५ वर्षीया पारु सुनारको बिहीबार बिहान मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दिउँसो सामान्य विवादका क्रममा श्रीमान रन बहादुरले पारुमाथि कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएकी उनको दोधारास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको

    Data is loading...

    Loading brands...

    Loading footer...