'कुन नैतिकताले मत मागिरहनुभएको छ?', रवि लामिछानेलाई सभामुख घिमिरेको प्रश्न

Author

सजिलो पत्रिका

२०८२ फागुन १२, मङ्गलबार १२:५०

30
Share
Featured
  • सभामुख देवराज घिमिरेले रास्वपाका सभापति रवि लामिछाने द्वारा लगाइएको ‘माइक काट्ने’ आरोपको कडा खण्डन गरेका छन्। लामिछानेले बिर्तामोडको कार्यक्रममा उनलाई जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख भनेर टिप्पणी गरेका थिए।
  • घिमिरेका अनुसार संसदमा माइक बन्द हुनु व्यक्तिगत निर्णय नभई संसदीय नियमावली र पूर्वनिर्धारित समय अनुसार हुने प्रक्रिया हो; समय सकिएपछि सबैका लागि समान रूपमा नियम लागू हुने उनले स्पष्ट पारे।
  • लामिछानेले फैलाएको ‘घृणाको राजनीति’ प्रति खेद व्यक्त गर्दै घिमिरेले उनको नैतिकतामाथि प्रश्न उठाएका छन् र जनतालाई भावनामा बहकाएर अफवाह नफैलाउन आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध लगाएको 'माइक काट्ने' आरोपको कडा खण्डन गरेका छन्। लामिछानेले बिर्तामोडको एक कार्यक्रममा घिमिरेलाई ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भनी टिप्पणी गरेपछि घिमिरेले त्यसप्रति आपत्ति जनाएका हुन्।

सभामुख घिमिरेले संसदमा माइक काटिने विषय सभामुखको व्यक्तिगत इच्छा नभई संसदीय नियमावली र पूर्वनिर्धारित समय अनुसार हुने स्पष्ट पारेका छन्। "संसदमा सबैलाई समान अवसर दिन समय निर्धारण गरिन्छ, समय सकिएपछि माइक काटिनु स्वाभाविक हो," उनले भने। घिमिरेले लामिछानेलाई संसदको रेकर्ड हेर्न चुनौती दिँदै उपसभामुख वा अन्यले सभा सञ्चालन गर्दा पनि सोही नियम लागू हुने बताए।
लामिछानेले फैलाएको ‘घृणाको राजनीति’ प्रति खेद व्यक्त गर्दै सभामुखले उनको नैतिकतामाथि समेत प्रश्न उठाएका छन्। "आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानुनी आधार नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ?" भन्दै घिमिरेले प्रश्न गरे। उनले आफूमाथि प्रतिशोध भएको भन्दै जनतालाई भावनामा बहकाएर अरूविरुद्ध अफवाह र लान्छना नलगाउन लामिछानेलाई अपिल गरेका छन्।

यो समाचारमा

देवराज घिमिरेकाठमाडौँरवि लामिछानेराष्ट्रिय स्वतन्त्र पार्टी

ट्यागहरू

#देवराज घिमिरे#रवि लामिछाने#राष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भक्तपुरको गेष्ट हाउसमा १८ वर्षीया किशोरीको शंकास्पद मृत्यु

    काठमाडौं । भक्तपुर नगरपालिका–१, दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी १८ वर्षीया किशोरी सलिना श्रेष्ठको शंकास्पद मृत्यु भएको छ। दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई हाल चाँगुनारायण–९, टेडोल बस्दै आएकी सलिना सोमबार बिहान मृत फेला परेकी हुन्।प्रहरीका अनुसार सलिना आइतबार राति करिब १० बजे अन्य चार जना साथीहरूसँग गेष्ट हाउस पुगेकी थिइन्।

    sajilo patrika

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्री शाहले छलफल गर्दै

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    भर्खरै

    News Image

    भक्तपुरको गेष्ट हाउसमा १८ वर्षीया किशोरीको शंकास्पद मृत्यु

    News Image

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    News Image

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    News Image

    लाइसेन्सका लागि अब तोकिएकै क्लिनिक धाउनु नपर्ने, जुनसुकै दर्तावाल चिकित्सकको रिपोर्ट चल्ने

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू