काठमाडौँ।
सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत फागुन ५ गतेदेखि १२ लाख ८६ हजार ५ सय कित्ता सेयर बिक्रीमा ल्याएको थियो।
इच्छुक लगानीकर्ताले आज कार्यालय समयभित्र न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र 'मेरो सेयर' अनलाइन प्रणालीमार्फत दिन सकिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर जारी गरिसकेको छ। कुल २० लाख कित्तामध्ये बाँकी रहेको सेयर अहिले सर्वसाधारणका लागि खुला गरिएको हो।