कार्यकर्ता तह लगाऊ

Author

सजिलो पत्रिका

२०८२ फागुन १०, आइतबार

21
Share
Featured

आसन्न प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ । निवार्चनमा भाग लिने उम्मेदवार तथा दलका नेता तथा कार्यकर्ता चुनावी प्रचारमा व्यस्त छन् । 

यतिखेर मतदाताको घरदैलो चहार्दै छन्, नेताहरु । भ्रष्टाचारमा शून्य सहनशीलता र सुशासनको जगमा भएको जेननी आन्दोलनपछि अकस्मात हुन लागेको चुनाव उपयोग गर्ने सबैका आआफ्नै रणनीति छन् । तर, चुनावी प्रचार शैली भने उत्ताउलो छ । उम्मेदवारले मतदाता रिझाउन अनेक चटक गरिरहेका छन् । विकास बजेटको पुरानै बाचाले निरन्तरता पाउने नै भयो । सामाजिक सञ्जालको प्रयोगले उपद्रव मच्चाएको छ । 

सञ्जालमा एक अर्काविरुद्ध उत्रिँदा भौतिक आक्रमणका घटना समेत निम्त्याएको अवस्था छ । 

शुक्रबार दाङमा नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा रास्वापाका कार्यकर्ताले जलाएको र त्यसो गर्ने रास्वपा कार्यकर्ता पक्राउ परेको घटना बाहिरिएको थियो । त्यसपछि दुवै दलबीच आरोप प्रत्यारोप जारी छ ।   विवाद बढ्दै जाने हो भने चुनावी वातावरण नै भंग हुन बेर छैन । त्यसै त चुनाव हुन्न भन्ने हल्लाहरु कायमै छन् । त्यस कारण दलले आफ्ना कार्यकर्ता तह लगाउनु पर्ने अवस्था आएको छ । तत्कालीन सरकारले खेलाँची गरेर सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदा भदौ २३ र २४ को विध्वशं व्यहोर्नु परेको घटना ताजै छ । 

वदलिएको परिस्थितिले दिएको अवसरलाई सदुपयोग गर्ने हो भने तोकिएको मितिमा चुनाव गराउनु वर्तमान सरकारको कर्तव्य हो भने परिस्थितिलाई समान्यकरण गर्न सघाउनु निर्वाचनका स्टेकहोल्डरहरुको दायित्व हो । सबैले आआफ्नो दायित्व बोध र कर्तव्य पालन गर्न सके मात्रै मुलुकमा व्याप्त राजनीतिक संक्रमण अन्त्य हुन्छ । अवसर खेर फाल्ने मूर्खता नगरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गरिमामय संसद की ‘सांसद साँझ’ ?

    लोकतन्त्रमा जनता नै सर्वोपरी हुन् । जनताद्वारा निर्वाचित जनप्रतिनिति सम्मिलित संसद सार्वभौम हुन्छ । जनताका प्रतिनिधिहरु सबैलाई सदनमा आफ्ना भनाई वा अभिव्यक्ति राख्न रोक तोक हुन्न । निर्धक्क राख्न पाउँछन्, सबै प्रतिनिधिले आफ्ना कुरा । त्यसैले भनिएको हो संसदलाई गरिमामय र सार्वभौम । सार्वभौमको अर्थ तथानाम वा जथाभावी चाँहि होइन

    Data is loading...

    Loading brands...

    Loading footer...