काठमाडौँ ।
साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा २७.५९ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार परिसूचक घटेर २६१४.५५ विन्दुमा ओर्लिएको छ। यस दिन १ करोड ५० लाख कित्ता सेयर खरिदबिक्री हुँदा कुल ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आज कारोबार भएकामध्ये २२० कम्पनीको सेयर मूल्य घटेको छ भने ३४ वटाको मात्र बढेको छ। बजार ओरालो लागे पनि साल्पा विकास बैंकको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै रिलायन्स स्पिनिङ मिल्स र कालिका लघुवित्तका लगानीकर्ताले पनि कमाएका छन्।
यता बुद्धभूमि हाइड्रोपावरको मूल्य ८.९२ प्रतिशतले घटेको छ भने रिडी पावर र आखुखोला जलविद्युत्को मूल्यमा पनि ८ प्रतिशतभन्दा बढीको गिरावट आएको छ। कारोबारका आधारमा आखुखोला जलविद्युत् कम्पनी ६३ करोडको कारोबारसहित अग्रस्थानमा रह्यो भने रिडी पावरको ३७ करोड र एसवाई प्यानलको ३१ करोडको कारोबार भएको छ। आज नेप्सेका सबै उपसमूहहरू राताम्य देखिएका छन्।