भौतिक र मानवीय विकासलाई समानान्तर रूपमा अघि बढाउने प्रतिबद्धता

Author

सजिलो पत्रिका

२०८२ फागुन ०८, शुक्रबार

15
Share
Featured

काठमाडौँ

आसन्न प्रतिनिधिसभा निर्वाचन आउन १३ दिन बाँकी रहँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट रुपन्देही क्षेत्र नं २ मा उम्मेदवारी दिनुभएका विष्णुप्रसाद पौडेलले जिल्लामा भौतिक तथा मानवीय विकासलाई समानान्तर रूपमा अघि बढाइने प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।

पार्टी उपाध्यक्षसमेत रहनुभएका उहाँले आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा सहरी पूर्वाधार, उद्योग–व्यापार, कृषि, पर्यटनदेखि सुशासनसम्मका बहुआयामिक योजना समेटिएको विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।

एमालेले प्रतिबद्धतापत्रमार्फत रूपन्देही निर्वाचन क्षेत्र नं २ लाई शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग, पूर्वाधार र कृषि विकासको नमूना क्षेत्र बनाउने लक्ष्य लिएको जनाएको छ । 

प्रतिबद्धतापत्रमा एमालेले संविधानको रक्षा, सामाजिक न्याय, समानता र सुशासनमार्फत रूपन्देहीलाई देशकै अग्रणी आर्थिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । पत्रकार सम्मेलनमा उम्मेदवार पौडेलले एमालेले रूपन्देहीलाई विद्यालय र उच्च शिक्षाको प्रमुख केन्द्रका रूपमा विकास गर्ने घोषणा गर्नुभयो ।

प्रतिबद्धतापत्रमा लुम्बिनी बौद्ध विश्वविद्यालयको क्षमता विस्तार गरी स्वदेशी तथा विदेशी विद्यार्थी आकर्षित गरिने तथा नेपाल विश्वविद्यालय स्थापना गर्न आवश्यक सहयोग गरिने जनाइएको छ । बुटवल मेडिकल कलेजको पूर्वाधार निर्माण तथा सञ्चालन, कृषि र इञ्जिनियरिङ क्याम्पस स्थापना गर्ने र प्राविधिक शिक्षालाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।

युवाहरूका लागि स्टार्टअप कोष स्थापना, सीप विकास तालिम, स्वरोजगार कार्यक्रम तथा विदेशबाट फर्केका युवाको सीप र पुँजीलाई उत्पादन क्षेत्रमा प्रयोग गर्ने योजना पनि सार्वजनिक गरिएको छ । 

प्रतिबद्धतापत्रमा सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड स्तरोन्नति गर्ने, बुटवल–नारायणगढ सडक विस्तार, विभिन्न स्थानमा पुल निर्माण तथा स्थानीय सडक सञ्जाल विस्तार गर्ने योजना समेटिएको छ । यस्तै सहरी विकास र आधुनिक पूर्वाधार निर्माणका क्षेत्रमा बुटवल, तिलोत्तमा र सैनामैनालाई समेटेर ‘ग्रेटर लुम्बिनी क्षेत्र विकास कार्यक्रम’ सञ्चालन गरी आधुनिक सहरी पूर्वाधार निर्माण गर्ने योजना छ ।

कृषि क्षेत्र आधुनिकीकरणमा विशेष ध्यान दिने र कृषि उत्पादनलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसँग जोड्ने, आधुनिक प्रविधि प्रयोग गर्ने, किसानलाई तालिम, ऋण र बजार पहुँच उपलब्ध गराउने योजना पनि प्रतिबद्धतापत्रमा समावेश गरिएका छन् ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)विष्णुप्रसाद पौडेलकाठमाडौँरुपन्देही

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...