एमालेको नेशनल भोलेन्टियर्स फोर्सको चेतावनी: झण्डा जलाउनेलाई कारबाही नभए प्रतिवादमा उत्रिने

Author

सजिलो पत्रिका

२०८२ फागुन ०८, शुक्रबार

18
Share
Featured
  • नेकपा (एमाले) को नेशनल भोलेन्टियर्स फोर्सले दाङमा पार्टीको झण्डा जलाइएको घटनाप्रति कडा आपत्ति जनाउँदै प्रशासनसँग कारबाहीको माग गरेको छ।
  • फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठ ले दोषीलाई कानुनी दायरामा नल्याए सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिएका छन्।
  • दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी का कार्यकर्ताले झण्डा जलाएको र केपी शर्मा ओली विरुद्ध नाराबाजी गरेको भिडियो सार्वजनिक भएपछि निर्वाचनको मुखमा दुई दलबीच तनाव बढेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नेशनल भोलेन्टियर्स फोर्सले दाङमा पार्टीको झण्डा जलाइएको घटनाप्रति कडा आपत्ति जनाउँदै प्रशासनलाई कारबाहीको माग गरेको छ। फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले आज एक वक्तव्य जारी गर्दै दोषीमाथि राज्य संयन्त्रले कारबाही नगरे आफूहरू सशक्त प्रतिवादमा उत्रिने चेतावनी दिएका हुन्।

बिहीबार दाङको तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वागतका लागि भेला भएका कार्यकर्ताहरूले एमालेको चुनाव चिह्न ‘सूर्य’ अंकित झण्डा जलाएको र अध्यक्ष खड्गप्रसाद शर्मा ओलीविरुद्ध नाराबाजी गरेको भिडियो सार्वजनिक भएपछि एमाले वृत्त आक्रोशित बनेको छ।

कमाण्डर श्रेष्ठले नेतृत्वमाथि लाञ्छना लगाउने, उत्तेजना फैलाउने र द्वेष भड्काउने अराजक तत्वहरूलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेका छन्। "यदि प्रशासन मौन बसेमा हामी आफैँ मैदानमा उत्रिएर अराजकहरूलाई तह लगाउन बाध्य हुनेछौँ," वक्तव्यमा भनिएको छ। यो घटनाले निर्वाचनको मुखमा दुई दलबीचको सम्बन्धमा थप तिक्तता ल्याएको छ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीरवि लामिछानेखड्गप्रसाद शर्मा ओली
दाङ5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...