मेची भन्सारद्वारा सात महिनामा झन्डै १० अर्ब राजस्व सङ्कलन

Author

सजिलो पत्रिका

२०८२ फागुन ०७, बिहिबार

23
Share
Featured
  • मेची भन्सार कार्यालय ले चालु आर्थिक वर्षको पहिलो सात महिनामा ९ अर्ब ९२ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ, जबकि लक्ष्य १० अर्ब ५५ करोड थियो।
  • माघ महिनामा मात्रै १ अर्ब ५१ करोडभन्दा बढी राजस्व उठ्दै सो महिनाको लक्ष्यको १०२.३४ प्रतिशत प्राप्त भएको जानकारी ईश्वरकुमार हुमागाईँ ले दिएका छन्।
  • वार्षिक रूपमा १८ अर्ब ८७ करोडभन्दा बढी राजस्व उठाउने लक्ष्य रहेको कार्यालय माघमा लक्ष्यभन्दा बढी सङ्कलन भएपछि लक्ष्य भेट्टाउनेमा आशावादी देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो सात महिनामा ९ अर्ब ९२ करोड २६ लाख २७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयका अनुसार यस अवधिका लागि १० अर्ब ५५ करोड २० लाख ३४ हजार रुपैयाँ सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो।

सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार माघ महिनामा मात्रै १ अर्ब ५१ करोड ३४ लाख ३१ हजार रुपैयाँ राजस्व उठेको छ, जुन सो महिनाका लागि तोकिएको लक्ष्यको १०२.३४ प्रतिशत हो। चालु आर्थिक वर्षभरिमा मेची भन्सारले कुल १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ। पछिल्लो समय माघमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएपछि वार्षिक लक्ष्य भेट्टाउनेमा कार्यालय आशावादी देखिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...