लोकतान्त्रिक, प्रगतिशील उम्मेदवारलाई विजयी गराउनुपर्छः पूर्वप्रधानमन्त्री खनाल

Author

सजिलो पत्रिका

२०८२ फागुन ०७, बिहिबार

17
Share
Featured

काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्न सबै लाग्नुपर्ने बताउनुभएको छ ।

प्रजातन्त्र दिवसका अवसरमा एक सन्देश जारी गर्दै उहाँले राष्ट्रलाई सङ्कटतिर जानबाट रोक्न आगामी निर्वाचनको सही उपयोग हुनुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले चुनावमा नयाँ भनिनेसँग कुनै नयाँ नीति, कार्यक्रम वा प्रतिबद्धता नदेखिएको धारणा राख्दै पहिलेदेखि काम गर्दै आएका पार्टीहरूले आफ्ना विगतका कमजोरीहरु सच्याउँदै नयाँ सङ्कल्प लिएर अघि बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभएको छ । आसन्न निर्वाचन सम्पूर्ण नेपालीका निम्ति एउटा अर्को अवसर र चुनौतीका रूपमा हेर्नुपर्ने खनालको भनाइ छ ।

नेपालको इतिहासमा निरङ्कुश तानाशाही राणा शासनविरुद्ध लोकतन्त्रको आवाज घन्काउँदै प्रजातान्त्रिक प्रक्रियाले विजय प्राप्त गरेको स्मरण गर्दै नेता खनालले यस सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभयो ।

पूर्वप्रधानमन्त्री खनालले प्रजातन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्नुहुने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै यस अवधिमा लोकतान्त्रिक क्रान्ति, संविधानसभा, नयाँ संविधान, नयाँ आम निर्वाचन र दुई तिहाइको सरकार बनाउने जस्ता ऐतिहासिक उपलब्धि प्राप्त गरेको स्मरण गर्नुभएको छ । “सहिदहरूकै बलिदानले देशमा पटक पटक परिवर्तन भएको छ । पछिल्लो समय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको करिब दुई दशक पुग्न लाग्दा पनि मुलुकमा समृद्धि कायम हुन सकेको छैन । अब  मुलुकमा क्रान्तिकारी भूमि सुधार, कृषिमा आधुनिकीकरण, राष्ट्रिय औद्योगिकीकरण, शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तनको आवश्यकता छ”, उहाँले भन्नुभएको छ ।

यो समाचारमा

झलनाथ खनालनेपाली कम्युनिष्ट पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...