संविधानको रक्षा र देशलाई सङ्कटबाट जोगाउन एमालेको जित आवश्यक-पार्वत गुरुङ

Author

सजिलो पत्रिका

२०८२ फागुन ०६, बुधबार

27
Share
Featured
  • पार्वत गुरुङ ले आगामी फागुन २१ को निर्वाचन संविधान रक्षा र मुलुकलाई सङ्कटबाट जोगाउने निर्णायक अवसर हुने बताएका छन्।
  • उनले नेकपा (एमाले) को नेतृत्व देश विकास र युवाको उज्यालो भविष्यका लागि अपरिहार्य रहेको दाबी गरे।
  • दोलखाको समृद्धि र पर्यटन विकासलाई प्राथमिकता दिँदै युवाहरूलाई देश निर्माणको अभियानमा एमालेसँग जोडिन आह्वान गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं दोलखाका उम्मेदवार पार्वत गुरुङले संविधानको रक्षा र मुलुकलाई सङ्कटबाट जोगाउन आगामी फागुन २१ को निर्वाचन निर्णायक हुने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित युवा भेलालाई सम्बोधन गर्दै गुरुङले जनतालाई भ्रममा पारेर देश विकास नहुने भन्दै एमालेको नेतृत्व अपरिहार्य रहेको दाबी गरे।

उनले एमालेले युवाहरूको भविष्यका लागि सुदृढ र उज्यालो बाटो निर्माण गर्ने संकल्प लिएको उल्लेख गरे। आफ्नो उम्मेदवारी दोलखाको समृद्धि र पर्यटन विकासका लागि भएको बताउँदै उनले विगतमा सुरु गरेका विकासका कामहरूलाई आगामी दिनमा थप प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। गुरुङले युवाहरूलाई दिग्रमित हुन नदिई देश निर्माणको महाअभियानमा एमालेसँग जोडिन आह्वान समेत गरे।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)दोलखापार्वत गुरुङकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...