तामाकोसी बस दुर्घटना : थप एक जनाको शव फेला, मृतकको संख्या १४ पुग्यो

Author

सजिलो पत्रिका

२०८२ फागुन ०५, मङ्गलबार १९:४५

44
Share
Featured

काठमाडौँ

रामेछापको मन्थली नगरपालिका, रामेछाप–६ लिलौतिको भिरबाट तामाकोशी नदीमा खसेको यात्रुबाहक बस दुर्घटनामा हराइरहेका थप एक जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार, उमाकुण्डा गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल तामाङको शव मंगलबार सुनकोशी नदी किनारमा भेटिएको हो । दुर्घटनास्थलबाट करिब २ सय ५० मिटर दक्षिणमा फेला परेको शवको सनाखत परिवारले गरेका छन्। प्रहरीले शवलाई पोष्टमार्टमका लागि मन्थली अस्पताल ल्याएको छ ।

गत माघ २७ गते सडकबाट भिरमा खसेको नेपाल अरनिको यातायात सेवा प्रालिको बस काठमाडौंबाट ओखलढुंगाको पोल्थली जाँदै गरेको थियो।

दुर्घटनाको दिन १२ जनाको शव घटनास्थलमै फेला परेको थियो भने ८ जना घाइते भएका थिए। हराइरहेका ३ मध्ये सोमबार मात्र मन्थली–२ का ९ वर्षीय क्रिचन तामाङको शव सिन्धुलीको तल्लो खुर्कोट किनारमा भेटिएको थियो।

दुर्घटनामा डुबेर मृत्यु भएका २ जनाको शव फेला परेपछि मृतकको संख्या १४ पुगेको छ। बसमा यात्रा गर्ने ८ वर्षीय बालक रोनिस तामाङको अवस्था अझै अज्ञात रहेको छ । प्रहरी खोजी कार्य जारी राखिरहेको छ।

यो समाचारमा

रामेछापसुनकोशीकाठमाडौँउमाकुण्डा गाउँपालिका
मन्थली नगरपालिका, रामेछाप4 more

ट्यागहरू

#घटनास्थलमै मृत्यु#उमाकुण्ड गाउँपालिका#मन्थली नगरपालिका#तामाकोशी नदी#बस दुर्घटना#रामेछाप#जिल्ला प्रहरी कार्यालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    sajilo patrika

    सरकार असफल भए व्यवस्थामाथि नै प्रश्न उठ्छ - एमाले मुख्य सचेतक महर

    प्रश्न उठ्दा स्टण्टले छोप्ने शैली पुरानो भयो- सांसद गुरुङ

    पर्यटकको नयाँ रोजाइमा बडीमालिकाको त्रिवेणी पाटन, पूर्वाधार निर्माण पनि तीव्र

    कर्णालीमा कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामा, एमालेलाई सरकारको नेतृत्व सुम्पिने तयारी

    भर्खरै

    News Image

    डिजिटलाइजेसन, डेमोग्राफी र डायस्पोरालाई केन्द्रमा राखेर काम गर्नुपर्छ - अर्थमन्त्री वाग्ले

    News Image

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    News Image

    एआई र साइबर सुरक्षासहित १६६ विधेयक ल्याउने सरकारको तयारी, कानुनमन्त्रीले बुझाइन् सूची

    News Image

    सरकार असफल भए व्यवस्थामाथि नै प्रश्न उठ्छ - एमाले मुख्य सचेतक महर

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू