महाराजगञ्जमा पैदलयात्री कुट्ने कार चालक पक्राउ

Author

सजिलो पत्रिका

२०८२ फागुन ०५, मङ्गलबार

28
Share
Featured
  • महाराजगञ्जस्थित सडकमा पैदलयात्रीलाई मुक्का प्रहार गर्ने आरोपमा पारस बम लाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
  • बा३च ११०३ नम्बरको कार चलाउँदै गर्दा उनले पैदलयात्रीलाई थप्पड र मुक्का हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि खोजी सुरु गरिएको थियो।
  • प्रारम्भिक बयानमा उनले गाली सहन नसकेर प्रतिकार गरेको दाबी गरेका छन् र थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँको महाराजगञ्जस्थित चप्पल कारखाना नजिकै सडकमा पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कार चालक पारस बम पक्राउ परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार उनलाई नियन्त्रणमा लिएको हो।

बालुवाटार घर भएका बम पेसाले इन्जिनियर हुन्। बा३च ११०३ नम्बरको कार चलाइरहेका बेला उनले एक पैदलयात्रीलाई दुई पटकसम्म थप्पड र मुक्का हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो।

प्रहरीसँगको प्रारम्भिक बयानमा बमले मादक पदार्थ सेवन गरेका पैदलयात्रीले आफूलाई तथानाम गाली गरेको र साथमा दिदीबहिनी भएका कारण सहन नसकेर आफूले प्रतिकार गरेको दाबी गरेका छन्। पक्राउ परेका बमलाई थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको एसएसपी नवराज अधिकारीले जानकारी दिए।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...