झापा–५ का लागि केपी ओलीको ४२ बुँदे प्रतिबद्धता- खानेपानी र सुशासन मुख्य एजेण्डा

Author

सजिलो पत्रिका

२०८२ फागुन ०५, मङ्गलबार

24
Share
Featured
  • केपी शर्मा ओली ले झापा–५ का लागि ४२ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै स्वच्छ पानी, दमक सभाहल सञ्चालन र आदिवासी सङ्ग्रहालय निर्माणलाई प्रमुख एजेण्डा बनाए।
  • सुशासन, भ्रष्टाचारमा शून्य सहनशीलता र राष्ट्रियतालाई प्राथमिकता दिँदै ‘भूपरिवेष्ठित’ बाट ‘भू–जडित’ मुलुक बनाउने कूटनीतिक पहल गर्ने योजना प्रस्तुत।
  • झापा–५ मा बालेन्द्र साह सँग प्रतिस्पर्धामा रहेका ओली मतदातासँग सक्रिय छलफलमा जुट्दै एआई/सामाजिक सञ्जालबाट फैलाइने भ्रम चिर्दै अधुरा काम पूरा गर्ने प्रतिबद्धता व्यक्त।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ का लागि ४२ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षालाई मूल मन्त्र बनाउँदै ओलीले दमक सभाहल सञ्चालन, आदिवासी सङ्ग्रहालय निर्माण र प्रत्येक घरमा स्वच्छ खानेपानी पुर्‍याउने विषयलाई मुख्य स्थानीय एजेण्डा बनाएका छन्।

प्रतिबद्धता पत्रमा ओलीले सुशासन, भ्रष्टाचारमा शून्य सहनशीलता र राष्ट्रियतालाई प्राथमिकता दिएका छन्। उनले पछिल्लो समय राजनीतिमा देखिएको ‘स्टन्टबाजी’ र ‘पपुलिस्ट’ चरित्रले भ्रम फैलाएको भन्दै त्यसको आलोचना गरेका छन्। साथै, नेपाललाई ‘भूपरिवेष्ठित’ बाट ‘भू–जडित’ मुलुक बनाउन छिमेकी देशहरूसँग कूटनीतिक पहल गर्ने उनको योजना छ।

झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग प्रतिस्पर्धा गरिरहेका ओली अहिले दिनरात मतदातासँगको छलफलमा व्यस्त छन्। उनले एआई र सामाजिक सञ्जालको दुरुपयोग गरी फैलाइएका तथ्यहीन कुराहरूलाई चिर्दै अधुरा काम पूरा गर्ने जिम्मेवारी एमालेले लिने बताएका छन्। बालेन देश दौडाहामा रहँदा ओली भने आफ्नो क्षेत्रका मतदाता फकाउन केन्द्रित भएका छन्।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)नेपाल कम्युनिष्ट पार्टी (एमाले)झापाखड्गप्रसाद शर्मा ओली
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...