सेयरबजारमा २०.७५ अंकको गिरावट, ८ अर्ब ३६ करोडको कारोबार

Author

सजिलो पत्रिका

२०८२ फागुन ०५, मङ्गलबार

24
Share
Featured
  • मंगलबार नेप्से परिसूचक २०.७५ अंकले घटेर २६४२.१५ विन्दुमा पुगेको छ, २ करोड कित्ता सेयरको कारोबार भएको छ।
  • सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको शेयर मूल्य १०% र ९.६४% ले बढ्दा केही जलविद्युत कम्पनीका लगानीकर्ताले पनि लाभ कमाए, जबकि सुपर माई हाइड्रोपावर १०% घट्दै नकारात्मक सर्किटमा पुगेको छ।
  • कारोबार रकमका आधारमा रिडी पावर ५३ करोड, आखु खोला जलविद्युत ४४ करोड, र ङादी ग्रुप पावर ३१ करोड रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार परिसूचक घटेर २६४२.१५ विन्दुमा ओर्लिएको छ। यस दिन २ करोड कित्ता सेयर किनबेच हुँदा कुल ८ अर्ब ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबार भएकामध्ये ४२ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ। सालपा विकास बैंकको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ भने रिलायन्स स्पिनिङ मिल्सको मूल्य ९.६४ प्रतिशतले बढेको छ। यस्तै बुद्धभूमि नेपाल हाइड्रोपावर र त्रिशूली जलविद्युत्का लगानीकर्ताले पनि कमाएका छन्।

यता सुपर माई हाइड्रोपावरको मूल्यमा भने १० प्रतिशतको गिरावट आउँदै नकारात्मक सर्किट लागेको छ। सिटिजन सन्तुलित योजना र अपर स्यांगे हाइड्रोपावरको मूल्य पनि उल्लेख्य घटेको छ। कारोबारका आधारमा रिडी पावर कम्पनी ५३ करोडको कारोबारसहित अग्रस्थानमा रह्यो भने आखु खोला जलविद्युत्को ४४ करोड र ङादी ग्रुप पावरको ३१ करोडको कारोबार भएको नेप्सेले जनाएको छ।

यो समाचारमा

काठमाडौँनेपाल स्टक एक्सचेन्ज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुनको मूल्य २ लाख ८५ हजार माथि, चाँदीको भाउमा गिरावट

    काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । बुधबारको तुलनामा सुन तोलामा ४०० ले बढेको छ भने चाँदी ९० ले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मोल दुई लाख ८५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार

    Data is loading...

    Loading brands...

    Loading footer...