एमाले छाडेका पूर्वमन्त्री जितेन्द्रनारायण देव पुनः काँग्रेसमा फर्किए

Author

सजिलो पत्रिका

२०८२ फागुन ०५, मङ्गलबार

28
Share
Featured
  • पूर्वमन्त्री जितेन्द्रनारायण देव केही दिनअघि नेकपा (एमाले) परित्याग गरी मंगलबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
  • सप्तरीको राजविराजमा आयोजित कार्यक्रममा स्थानीय नेताहरूले उनलाई स्वागत गरेपछि उनले गगन थापा नेतृत्वप्रति प्रतिबद्धता व्यक्त गरेका छन्।
  • देवले विगतमा विभिन्न दल परिवर्तन गर्दै कांग्रेस, एमाले र फोरम लोकतान्त्रिकसँग राजनीतिक यात्रा तय गरेका अनुभवी नेता हुन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

केही दिनअघि मात्रै नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। मंगलबार सप्तरीको राजविराजस्थित काँग्रेस पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा उनलाई जिल्ला सभापति रामदेव साह, राष्ट्रियसभा सदस्य रञ्जित कर्ण लगायतका नेताहरूले फूलमाला लगाएर पार्टीमा स्वागत गरे।

पार्टी प्रवेशपछि नेता देवले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै विशेष महाधिवेशनले तय गरेको नवीन नीतिलाई आत्मसात् गर्ने बताए। संविधान सभा सदस्य समेत रहेका देवले गत माघ १९ गते एमाले छोडेका थिए।

राजनीतिक यात्रामा पटक-पटक दल परिवर्तन गरेका देव २०८१ असारमा काँग्रेस छाडेर एमाले प्रवेश गरेका थिए। त्यसअघि उनी विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक काँग्रेसमा विलय भएपछि काँग्रेसमा सक्रिय थिए। उनी काँग्रेसको तर्फबाट राष्ट्रिय सभा सदस्य समेत बनिसकेका अनुभवी नेता हुन्।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)सप्तरीराष्ट्रिय सभागगन थापा
नेपाली काँग्रेस5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...