दोलखाका कांग्रेस युवा नेता सुशील श्रेष्ठ एमालेमा प्रवेश

Author

सजिलो पत्रिका

२०८२ फागुन ०३, आइतबार

30
Share
Featured
  • सुशील श्रेष्ठले नेपाली कांग्रेस परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गरेका छन्, घटना गौरीशंकर गाउँपालिका–७ मार्बुसँग सम्बन्धित छ।
  • एमाले जिल्ला कमिटी सदस्य फुर्लाक्पा शेर्पा र युवा नेता कामशर्की शेर्पाको पहलमा उनलाई पार्टीमा भित्र्याई स्वागत गरिएको हो।
  • श्रेष्ठको प्रवेशपछि क्षेत्रमा एमाले संगठन बलियो भएको दाबी गरिँदै उनले एमालेको नीति र नेतृत्वबाट प्रभावित भएर पार्टी रोजेको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्बुका नेपाली काँग्रेसका युवा नेता सुशील श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्। निर्वाचनको सरगर्मी बढिरहेका बेला प्रभावशाली युवा नेता श्रेष्ठले कांग्रेस परित्याग गरी एमाले रोजेका हुन्।

एमाले जिल्ला कमिटी सदस्य फुर्लाक्पा शेर्पा र युवा नेता कामशर्की शेर्पाको विशेष पहल र नेतृत्वमा श्रेष्ठलाई एमालेमा भित्र्याइएको हो। नवप्रवेशी श्रेष्ठलाई एमालेका नेताहरूले खादा र माला लगाएर पार्टीमा स्वागत गरेका थिए।

कांग्रेसका सक्रिय युवा नेता एमालेमा प्रवेश गरेपछि गौरीशंकर क्षेत्रमा एमालेको संगठन थप मजबुत भएको र चुनावी अभियानमा थप ऊर्जा मिलेको स्थानीय एमाले नेताहरूले दाबी गरेका छन्। श्रेष्ठले एमालेको नीति र नेतृत्वबाट प्रभावित भएर गौरीशंकरआफू पार्टी प्रवेश गरेको बताएका छन्।

यो समाचारमा

नेपाली काँग्रेसदोलखानेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ
गौरीशंकर गाउँपालिका4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...