सांसद संख्या घटाउने र २५ हजार मेगावाट बिजुली उत्पादन गर्ने कुलमानको योजना

Author

सजिलो पत्रिका

२०८२ फागुन ०३, आइतबार १४:४६

31
Share
Featured
  • कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले सुशासन, ऊर्जा क्रान्ति र प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गर्‍यो।
  • प्रतिनिधिसभा र प्रदेशसभा सदस्य संख्या घटाउने, मन्त्रालय सीमित गर्ने, भ्रष्टाचारमा दोषीलाई आजीवन प्रतिबन्ध र सन् २०३५ सम्म २५ हजार मेगावाट विद्युत उत्पादनसहित उच्च मध्यम आय राष्ट्र बनाउने लक्ष्य राखिएको छ।
  • विश्वविद्यालयसम्म निःशुल्क शिक्षा, वडास्तरमा निःशुल्क स्वास्थ्य सेवा, ५ वर्षमा ४५ लाख रोजगारी, डिजिटल अर्थतन्त्रका लागि १० अर्बको कोषजस्ता सामाजिक–आर्थिक कार्यक्रम प्रस्ताव गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आइतबार आफ्नो चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ। ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने नारासहित सार्वजनिक गरिएको घोषणापत्रमा सुशासन, ऊर्जा क्रान्ति र प्रशासनिक सुधारलाई मुख्य प्राथमिकता दिइएको छ।

पार्टीले राज्यको खर्च घटाउन प्रतिनिधिसभा सदस्य संख्या २७५ बाट २०१ र प्रदेशसभा सदस्य संख्या ३३० मा झार्ने प्रस्ताव गरेको छ। संघीय मन्त्रालय १५ र प्रदेश मन्त्रालय ७ वटामा सीमित गर्ने तथा प्रदेशमा मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ। भ्रष्टाचारमा दोषी ठहरिनेलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध लगाउने र उजुरीकर्तालाई ५ प्रतिशत पुरस्कार दिने व्यवस्था गर्ने योजना छ।

आर्थिक र ऊर्जा लक्ष्य:

आर्थिक समृद्धिका लागि सन् २०३५ सम्म नेपाललाई उच्च मध्यम आय भएको मुलुक बनाउने र कुल गार्हस्थ्य उत्पादन १११ अर्ब डलर पुर्‍याउने लक्ष्य राखिएको छ। ऊर्जा क्षेत्रमा सन् २०३५ सम्म २५ हजार मेगावाट विद्युत उत्पादन गरी वार्षिक ५ अर्ब डलर राजस्व आर्जन गर्ने महत्त्वाकाङ्क्षी योजना अघि सारिएको छ।

शिक्षा, स्वास्थ्य र रोजगारी:

विश्वविद्यालय तहसम्म निःशुल्क शिक्षा, प्रत्येक वडामा मानसिक स्वास्थ्य सेवासहितको निःशुल्क उपचार र ५ वर्षमा ४५ लाख रोजगारी सिर्जना गर्ने पार्टीको दाबी छ। युवा किसानलाई सहुलियत ऋण र सिँचाइका लागि निःशुल्क बिजुली उपलब्ध गराइने प्रतिबद्धता–पत्रमा उल्लेख छ।

पार्टी अध्यक्ष कुलमान घिसिङले आफ्नो प्रतिबद्धता–पत्र कार्यान्वयनयोग्य रहेको बताउँदै सरकारमा गएपछि हरेक वर्ष प्रगतिको ‘रिपोर्ट कार्ड’ सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ। उज्यालो नेपाल पार्टीले डिजिटल अर्थतन्त्र र स्टार्टअपका लागि १० अर्बको कोष स्थापना गर्ने योजना पनि अघि सारेको छ।

यो समाचारमा

काठमाडौँकुलमान घिसिङप्रतिनिधि सभा

ट्यागहरू

#प्रतिनिधिसभा निर्वाचन#कुलमान घिसिङ#प्रतिबद्धता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    आज र राति देशका धेरै ठाउँमा वर्षा, यी ५ प्रदेशमा भारी वर्षाको अलर्ट

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू