टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल

Author

सजिलो पत्रिका

२०८२ फागुन ०३, आइतबार

25
Share
Featured


आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाली टोली आज वेस्ट इन्डिजटोलीसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र वेस्ट इन्डिजबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

समूह चरणका सुरुवाती दुई खेलमा पराजित भएको नेपालका लागि बाँकी खेलहरू अत्यन्तै महत्वपूर्ण बनेका छन्।

प्रतियोगितामा टिकिरहन नेपाललाई जित्नैपर्ने दबाब छ । वेस्ट इन्डिज भने लगातार दुई जितसहित सुपर–८ मा पुग्ने संघारमा रहेको छ ।
आजको खेल जितेमा वेस्ट इन्डिज अर्को चरणमा पुग्नेछ भने नेपाल एक खेल अगावै प्रतियोगिताबाट बाहिरिनेछ ।

वेस्ट इन्डिजले दुई पटकको टी–२० विश्वकप जितिसकको छ । उसले सन् २०१२ र २०१६ मा उपाधि जितेको थियो ।

आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरियतामा वेस्ट इन्डिज सातौं स्थानमा छ र कप्तान शाइ होपको नेतृत्वमा रहेको टोली पावर हिटिङका लागि परिचित छ ।

आजको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेलमाथि फेरि ध्यान केन्द्रित हुनेछ । साथै दिपेन्द्र सिंह ऐरीबाट अलराउन्ड प्रदर्शनको अपेक्षा गरिएको छ । बलिङतर्फ सन्दीप लामिछाने निर्णायक हुने अपेक्षा गरिएको छ ।

यो समाचारमा

नेपालकाठमाडौँसन्दीप लामिछानेदिपेन्द्र सिंह ऐरी
कुशल भुर्तेल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...