राप्रपाको संकल्प पत्र : ‘पृथ्वीपथ’ राष्ट्र निर्माणको मौलिक मार्गचित्र

Author

सजिलो पत्रिका

२०८२ फागुन ०२, शनिबार २१:११

30
Share
Featured

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संकल्प पत्र सार्वजनिक गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी संकल्प पत्र सार्वजनिक गरेको हो ।

शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीस्थित संकल्प पत्र सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले राप्रपा मुलुक निर्माणको मौलिक मार्गचित्र बोकेर अघि बढीरहेको राष्ट्रवादी प्रजातान्त्रिक दल रहेको दाबी गरे ।

लिङ्देनले राप्रपा मुलुकको आन्तरिक मामलामा कुनैपनि प्रकारको वैदेशिक हस्तक्षेपलाई स्वीकार नगर्ने, मुलुकमै जन्मिएको र मुलुकको सर्वोपरि हितमा समर्पित राष्ट्रवादी चरित्र बोकेको राजनीतिक दल रहेको दाबी गरेका हुन् ।

‘राप्रपा मुलुक निर्माणको मौलिक मार्गचित्र बोकेर अघि बढीरहेको राष्ट्रवादी प्रजातान्त्रिक दल हो । राप्रपाले आफ्नो मौलिकता र वीर पुर्खाले आर्जेको इतिहासमाथि गौरव गर्दै विगतको सकारात्मकताको निरन्तरता सहित समयानुकूल परिवर्तनको पक्षमा उभ्याउदै आइरहेको छ’, उनले उल्लेख गरेका छन्, ‘मुलुक र माटो सुहाउँदो व्यवस्थाको पक्षपाती राप्रपा मुलुकको आन्तरिक मामलामा कुनैपनि प्रकारको वैदेशिक हस्तक्षेपलाई स्वीकार नगर्ने, मुलुकमै जन्मिएको र मुलुकको सर्वोपरि हितमा समर्पित राष्ट्रवादी चरित्र बोकेको एकमात्र राजनीतिक दल हो ।’

अध्यक्ष लिङ्देनले मुलुक राजनीतिक अस्थिरता, सामाजिक द्वन्द्व, आर्थिक सङ्कट, नीतिगत भ्रष्ट्राचार र असन्तुलित वैदेशिक नीतिबाट प्रताडित भइरहेको उल्लेख गरे । विगतको साँढे तीन दशकलाई हेर्ने हो भने मुलुकको राजनीतिक दल र नेताको विकासका लागि भयो तर देश र जनताका विकासका नभएको उनले बताए ।

सार्वजनिक गरिएको संकल्प पत्रमा नेपाल बन्द कहिल्यै नगर्ने घोषणा गरिएको छ । त्यसअवसरमा अध्यक्ष लिङ्देन, पूर्व अध्यक्षत्रय पशुपति शमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले संकल्प पत्र अनावरण गरेका हुन् ।

संकल्प पत्रमा राप्रपाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डा उल्लेख गरेको छैन । जवकि विगतका निर्वाचनहरूमा ’प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय राजसंस्था’ लाई राप्रपाले मुख्य एजेन्डा बनाउँदै आएको थियो ।

राप्रपाले सार्वजनिक गरेको नयाँ शासकीय स्वरूपको खाकामा ‘अभिभावकीय संस्थाको रूपमा राजसंस्था’ रहने उल्लेख गरिएको छ । पार्टीले वर्तमान निर्वाचन प्रणालीलाई खर्चिलो र अस्थिर भन्दै यसमा व्यापक सुधार र परिवर्तनको माग गरे पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डालाई प्राथमिकताका साथ उठाएको छैन ।

पृथ्वीनारायण शाहको दिव्योपदेशलाई मार्गदर्शक सिद्धान्त मान्दै राप्रपाले ‘पृथ्वीपथ’ लाई राष्ट्र निर्माणको मौलिक मार्गचित्रको रूपमा अघि बढाएको छ ।

राप्रपाले धर्मनिरपेक्षतालाई खारेज गरी ‘सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र’ को स्थापनालाई आफ्नो अपरिहार्य एजेन्डाको रूपमा पुनः दोहो¥याएको छ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको शासकीय स्वरूपको एजेन्डाबाट पछि हटेको छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा पार्टीभित्र दुई धार थियो ।

निर्वाचन प्रणालीमा व्यापक परिवर्तन र सुधारको आवश्यकता रहेको राप्रपाले जनाएको छ । पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र हुनुपर्ने राप्रपाको चुनावी एजेण्डा छ ।

यो समाचारमा

राजेन्द्र प्रसाद लिङ्देनपृथ्वीनारायण शाहकाठमाडौँराष्ट्रिय प्रजातन्त्र पार्टी

ट्यागहरू

#चुनावी संकल्प पत्र#प्रतिनिधि सभा#राष्ट्रिय प्रजातन्त्र पार्टीे#सार्वजनिक#पार्टी केन्द्रीय कार्यालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    sajilo patrika

    कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

    घण्टीको गर्जन र ’बालेन’ लहरः पुराना दलको ’साम्राज्य’ अन्त्य भएकै हो ?

    खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू