चीनमा लगानी र उपहारका लागि चाँदीका सामानको माग बढ्यो

Author

सजिलो पत्रिका

२०८२ माघ २९, बिहिबार

23
Share
Featured

काठमाडौँ

विश्वव्यापी रुपमा चाँदीको मूल्य बढीरहेकाबेला चीनमा चाँदीको माग एकाएक बढेको छ । आगामी वसन्त ऋतुमा चीनियाँहरुले मनाउने स्थानिय पर्वको तयारी र आफन्तलाई उपहार दिनका लागि चाँदीका सामान किन्नेहरु बढेका हुन् ।

महंगीएको मूल्य र निर्माण क्षेत्रमा उच्च मागका कारण यतिबेला विश्व बजारमै चाँदीको आपूर्ति सिमित भएको छ । दक्षिण चीनको शेनझेनस्थित प्रसिद्ध सुन र गहनाको बजार शुईबेइमा रहेको एक पसलका व्यवस्थापकका अनुसार, ठूलो तौलका चाँदीका बारसँगै साना तौलका वस्तुहरू पनि लोकप्रिय छन् ।

जङ तिङ, शुईबेइ बजार, चाँदी गहना पसलका व्यवस्थापकले भने, “सानो तौलको वस्तुहरू बढी बिक्री हुन्छन् किनभने ठूलो तौल, जस्तै १ किलोको बार, करिब ३,००० अमेरिकी डलर पर्न सक्छ । केही मानिस सानो तौलबाट सुरु गर्न चाहन्छन् । ५० ग्राम, १०० ग्राम वा २०० ग्रामका वस्तुहरू अहिले निकै लोकप्रिय छन् । नयाँ स्टक आउँदा छिट्टै सकिन्छ ।”

यस्तै, आइ जियावेई, शुईबेइ बजारका गहना पसल शोरूम व्यवस्थापकले भने, “हामीले करिब ५,००० वटा चाँदीका नोट प्राप्त गर्यौं, र ती सबै लगभग एक घण्टाभित्र बिक्री भइसकेका थिए ।”

गत वर्ष चाँदीको विश्वव्यापी मूल्य दुई गुणाभन्दा बढी बढेको थियो र केवल जनवरी महिनामै ५० प्रतिशतभन्दा बढी वृद्धि भइसकेको छ । विशेषज्ञहरूका अनुसार यसको मुख्य कारण कमजोर अमेरिकी डलर र विश्वव्यापी राजनीतिक अस्थिरता हो ।

यो समाचारमा

काठमाडौँचीन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...