नदी जोगाउँदै साहसिक पर्यटन प्रवद्र्धन गर्ने सन्देशसहित २४ औं हिमालयन ह्वाइटवाटर च्यालेञ्ज आयोजना हुँदै

Author

सजिलो पत्रिका

२०८२ माघ २९, बिहिबार

27
Share
Featured
  • आगामी फागुन १४–१६ गते २४औँ हिमालयन ह्वाइटवाटर च्यालेञ्ज तथा ५०औँ अन्तरराष्ट्रिय ¥याफ्टिङ–कायाकिङ महोत्सव आयोजना हुँदैछ, जसको मुख्य सन्देश नदी संरक्षण र दिगो साहसिक पर्यटन प्रवर्द्धन हो।
  • नेपाल एशोसिएसन अफ -याफ्टिङ एजेन्सिज (नारा) र नेपाल पर्यटन बोर्डको सहकार्यमा हुने महोत्सवमा ३० अन्तरराष्ट्रिय र १४० राष्ट्रिय खेलाडी सहभागी हुनेछन्, जसमा कायाकिङका दुई र -याफ्टिङको एक विधामा प्रतिस्पर्धा हुनेछ।
  • आयोजक तथा पर्यटन बोर्डका पदाधिकारीहरूले जलविद्युत् र नदी उत्खननका कारण नदीजन्य साहसिक पर्यटन प्रभावित भइरहेको उल्लेख गर्दै ‘नदी जोगाऔँ, पर्यटन बढाऔँ’ भन्ने सन्देश अन्तरराष्ट्रिय स्तरमा प्रवाह गर्ने लक्ष्य राखिएको बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नदी जोगाउँदै साहसिक पर्यटन प्रवद्र्धन गर्ने सन्देश दिने उद्येश्यले आगामी फागुन १४ देखि १६ गतेसम्म २४ औं हिमालयन ह्वाइटवाटर च्यालेञ्ज सुरु हुन लागेको छ ।

हिमालयन ह्वाइटवाटर च्यालेञ्ज तथा ५० औँ अन्तरराष्ट्रिय ह्वाइटवाटर -याफ्टिङ र कायाकिङ महोत्सव यसपटक केवल प्रतिस्पर्धामा सीमित नभई नदी संरक्षण र दिगो साहसिक पर्यटन प्रवद्र्धनको सन्देश बोकेर अघि बढेको आयोजकले जनाएको छ । नेपाल एशोसिएसन अफ -याफ्टिङ एजेन्सिज (नारा) ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गर्ने महोत्सवमा ३० अन्तरराष्ट्रिय र १४० राष्ट्रिय खेलाडी सहभागी हुने जनाएको छ ।

नाराकाअनुसार तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कायाकिङका दुई र -याफ्टिङको एक विधामा प्रतिस्पर्धा हुनेछ । नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले हिमाल मात्र होइन, नदीजन्य साहसिक गतिविधिलाई पनि नेपालको अन्तरराष्ट्रिय पर्यटन पहिचानका रूपमा स्थापित गर्नुपर्ने बताए । उनले नदी संरक्षणबिना साहसिक पर्यटनको भविष्य सुरक्षित नहुने उल्लेख गरे ।

यस्तै, बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले जलविद्युत् आयोजना र नदीजन्य उत्खननले नदीमा आधारित साहसिक खेलमा प्रत्यक्ष असर पारिरहेको बताए । उनले सरकारलाई जलविद्युत् र पर्यटनका लागि उपयुक्त नदी छुट्याएर दिगो व्यवस्थापनको नीति लिन आग्रह गरे ।

नाराका अध्यक्ष कमलबहादुर ठकुरीका अनुसार यो महोत्सव नेपालको ५० वर्षे जलयात्रा इतिहासको उत्सवसमेत हो। सन् १९६० को दशकदेखि सुरु भएको नेपालमा -याफ्टिङको यात्रा सन् १९७५ मा व्यावसायिक रूपमा विस्तार भएको थियो । त्यसयता नदीले साहसिक पर्यटनमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।

आयोजकका अनुसार महोत्सवअन्तर्गत पहिलो दिन १०० भन्दा बढी कायकरबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो दिन नकआउट चरण सञ्चालन हुनेछ । तेस्रो दिन -याफ्टिङ सत्र आयोजना गरिनेछ । साथै नेपालमा व्यावसायिक -याफ्टिङको सुरुआत गर्ने संस्थापकलाई विशेष सम्मान गरिने कार्यक्रमसमेत तय गरिएको छ ।

यसपटकको महोत्सवले प्रतिस्पर्धाभन्दा पर गएर ‘नदी जोगाऔँ, पर्यटन बढाऔँ’ भन्ने सन्देश अन्तरराष्ट्रिय समुदायसम्म पु-याउने अपेक्षा गरिएको छ ।

यो समाचारमा

काठमाडौँनेपाल पर्यटन बोर्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    चालु आर्थिक वर्षमा ४० हजार बढी पर्यटक भित्रिए पनि असार लागेपछि अन्नपूर्ण पदमार्ग सुस्तायो

    लमजुङ । वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्णपदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ । पर्यटकीय याममा दैनिक ५०० देखि ६०० जनासम्म पर्यटक आउने पदमार्गमा यतिबेला दैनिक पाँचदेखि १५ जना आउने गरेका छन् ।धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार वर्षायाम सुरु भएसँगै पर्यटकको

    Data is loading...

    Loading brands...

    Loading footer...