जर्मन विकास बैंकको सहयोगमा ग्रामीण क्षेत्रमा एसएमईका लागि घुम्ती कोष सञ्चालन

Author

सजिलो पत्रिका

२०८२ माघ २७, मङ्गलबार

19
Share
Featured

काठमाडौँ

ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा दिगो आर्थिक विकास परियोजना अन्तर्गत ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार र साना तथा मझौला उद्यम (एसएमई) प्रवद्र्धन गर्ने उद्देश्यले स्थापित ‘घुम्ती कोष’ सञ्चालनका लागि नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी भएको छ ।

जर्मन विकास बैंकको वित्तीय सहयोगमा स्थापना गरिएको उक्त कोष सञ्चालनसम्बन्धी समझदारी २०८२ माघ २७ गते सम्पन्न भएको हो । समझदारीअनुसार ग्रामीण तथा अर्ध–सहरी क्षेत्रमा उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणका लागि लक्षित वित्तीय सेवा प्रवाह गरिनेछ ।

यस ‘घुम्ती कोष’ मार्फत साना तथा मझौला उद्यमलाई सहुलियतपूर्ण वित्तीय पहुँच उपलब्ध गराई उत्पादनशील क्षेत्रमा लगानी बढाउने लक्ष्य लिइएको छ । सम्बन्धित निकायका अनुसार यो पहलले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँदै समावेशी र दिगो आर्थिक विकासमा महत्वपूर्ण योगदान पु-याउने अपेक्षा गरिएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...