कति पुग्यो ‘आ बाट आमा’, ‘गोबर गणेश’ र ‘झरीपछिको इन्द्रेणी’ को कमाइ ?

Author

सजिलो पत्रिका

२०८२ माघ २६, सोमबार

31
Share
Featured

काठमाडौँ

चलचित्र विकास बोर्डले माघ २४ गतेसम्मको नेपाली फिल्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार फिल्म ‘आ बाट आमा’ ले गत शनिबारसम्म सिनेपाः बक्सअफिसमा ४ करोड ८० लाख ९० हजार ४८७ रूपैयाँ ग्रस कमाएको छ । फिल्मको १ लाख ७६ हजार ५५२ वटा टिकट बिक्री भएका छन् ।

माघ १ गते रिलिज फिल्म ‘गोबर गणेश’ को कमाइ १ करोड ४० लाख २७ हजार ७६६ रूपैयाँ पुगेको छ । फिल्मको ४९ हजार ५३१ वटा टिकट बिक्री भएका छन् । पुस ४ मा रिलिज ‘झरीपछिको इन्द्रेणी’ ले १ करोड २९ लाख ५५ हजार ११९ रूपैयाँ ग्रस कमाएको छ । फिल्मको ४० हजार ८९९ वटा टिकट बिकेका छन् ।

‘आ बाट आमा’ सँगै एकसाथ रिलिज भएर केही दिनमै प्रदर्शन स्थगित गरिएको फिल्म ‘द ब्लु लाइट’ को कमाइ ३ लाख १९ हजार रूपैयाँ छ । यो फिल्मको ८३२ वटा टिकट बिक्री भएका छन् । गत शुक्रबार रिलिज ‘रमिताको पिरती’ र ‘कुमारी’ को बक्स अफिस कमाइको विवरण भने आगामी सोमबार सार्वजनिक हुनेछ ।

यो समाचारमा

चलचित्र विकास बोर्डकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...