भ्रष्ट नेता र भ्रष्टाचारलाई संरक्षण गर्ने पार्टीलाई मत नदिनुस्-कमल थापा

Author

सजिलो पत्रिका

२०८२ माघ २६, सोमबार

28
Share
Featured
  • कमल थापाले राजसंस्था र हिन्दु राष्ट्रको आवश्यकता अधिकांश मतदातामा रहेको, विशेषगरी युवापुस्तामा बलियो देखिएको दाबी गरे।
  • उनले भ्रष्ट नेता र भ्रष्टाचार संरक्षण गर्ने दललाई भोट नहाल्न मतदातालाई आग्रह गर्दै सचेतना फैलाउन कार्यकर्तालाई निर्देशन दिए।
  • वर्तमान अवस्थाबाट मुलुक अघि बढ्न नसक्ने भन्दै आसन्न निर्वाचनमा राप्रपाको विजय नै उत्तम विकल्प भएको दाबी गरे।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा काठमाडौं–५ का उम्मेदवार कमल थापाले मुलुकमा राजसंस्था र हिन्दु राष्ट्रको आवश्यकता रहेको धारणा अधिकांश मतदातामा रहेको दाबी गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले यो चाहना बुढापाकामा मात्र सीमित नभई युवापुस्तामा अझ बलियो रूपमा देखिएको बताए।

उनले मतदाताहरूलाई भ्रष्ट नेता र भ्रष्टाचारलाई संरक्षण गर्ने पार्टीहरूलाई मतदान नगर्न आग्रह गर्दै घर-घरमा पुगेर सचेतना फैलाउन कार्यकर्तालाई निर्देशन दिए। "हामी भ्रष्टाचारको विरोध गर्छौँ तर चुनावमा फेरि भ्रष्टलाई नै भोट हाल्छौँ, यो प्रवृत्ति अन्त्य हुनुपर्छ," थापाले भने।

उनले वर्तमान अवस्थामा मुलुक अघि बढ्न नसक्ने भन्दै आसन्न निर्वाचनमा राप्रपाको विजय नै देशका लागि उत्तम विकल्प भएको दाबी गरे।

यो समाचारमा

राष्ट्रिय प्रजातन्त्र पार्टीकमल थापाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...