देउवाको आशीर्वाद पाएको दावी गरेका महरले भने : डडेलधुराको माटो चिनेको छु, विजयी हुन्छु

Author

सजिलो पत्रिका

२०८२ माघ २५, आइतबार

21
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेस प्रतिनिधिसभा सदस्य डडेलधुराका उम्मेदवार नैनसिंह महरले जनताको घरदैलो अभियानलाई तीव्रता दिएका छन्।

महरले जनताको घरदैलोमा पुगेर जनमनका कुरा सुनिरहेका छन्। उनले तडकभडक नभइ संस्कारयुक्त चुनावी प्रचार अभियान थालेका छन्।
उनले टोलटोल र जनताको घरमा जाने, आफ्ना धारणा राख्ने र जनताका कुरा सुन्ने गरेका छन्।

होटल होटलमा महरको चुनावी जमघटलाई कटौती गर्दै उनले जनतासँगै समय व्यथित गरिरहेको बताए । महर विद्यार्थी राजनीतिबाट खारिएर आएका बौद्धिक छवी बनाउन सफल नेता हुन्।

यसपटक पूर्वप्रधानमन्त्री एवं कांग्रेस निवर्तमान सभापति शेर बहादुर देउबाको उत्तराधिकारी बनेर उनी डडेलधुरा पुगेका छन्। महरलाई देउवाको विरासत जोगाउने चुनौति छ।

महर डडेलधुरामा कांग्रेस एकतावद्ध रहेकाले जित सुनिश्चित रहेको बताउँछन्। ‘अग्रज नेताहरूको हात समातेर म डडेलधुराका गाउँबस्तीमा तातेताते गरिरहेको छु। युवाहरूको जोशलाई पनि म हातेमालो गरेर अगाडि बढेको छु। मेरा श्रद्वये नेता शेरबहादुर देउवाको मलाई आशीर्वाद छ। कांग्रेस डडेलधुरा सभापति भीमबहादुर साउद, आदरणीय नेताहरू गोविन्द बोहरा, रघुवर भट्टलगायत थुप्रै नेताहरूले मलाई जिल्लामा डो-याइरहनु भएको छ। जनताको सुझाव, प्रतिक्रिया र साथ पनि मैले राम्रो पाइरहेको छु,’ उनले भने।

‘म युवा जोश र समृद्ध चेतना भएको व्यक्ति हुँ। यही माटो र जनताको आशिरवादका कारण म नेविसंघ अध्यक्ष हुँदै मुलधारको राजनीति गरिरहेको छु। म आफ्नो विचार प्रस्ट राख्न सक्ने क्षमता राख्छु। मैले डडेलधुराको माटो चिनेको छु। यहाँका जनताका समस्या अवगत छन्। सदनमा ती समस्यालाई बुलन्द रुपमा उठाएर समाधानका लागि मैले नेतृत्व लिन सक्छु,’ उनले भने।

महरले आफूलाई देउवाले आफ्नो उत्तराधिकारीको रुपमा पठाएको बताएका छन्। ‘विश्वास गरेर श्रद्धय नेता शेरबहादुर देउवाले युवा अनुहारका रुपमा मलाई पठाउनु भएको छ। आफ्ना बाँकि रहेका योजना र सपना पूरा गर्न उहाँले डडेलधुरा पठाउनु भएको हो। उहाँका सपना पूरा गर्न म सधैँ प्रतिवद्ध रहने छु,’ उनले भने।

समृद्ध डडेलधुराको सपना साकार पार्न सधैँ अग्रमोर्चामा रहेर काम गर्ने महरले जनतामाझ बाचा गरिरहेका छन्। ‘श्रद्वेय नेता शेरबहादुर देउवाको शीर उचो हुनेगरी काम गर्नेछु। डडेलधुरा देव भूमि हो। यस पावन भूमिले भीमदत्त पन्त, द्वारिकादेवी ठकुरानी, एनडी प्रकाश चटौत, शेरबहादुर देउवा जस्ता सपुत जन्माएको छ। नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँहरूको अतुलनीय योगदान छ। जुन हामी सबैका लागि गौरवको विषय हो। उहाँहरूका सपना पूरा गर्ने पार्टी कांग्रेस मात्र हो। त्यसैले मलाई विजयी गराउन म जनतासँग आग्रह गर्दछु,’ उनले भने।

जनताको पार्टी भएकाले कांग्रेसले मात्रै जनभावना अनुसार काम गर्ने महरले बताएका छन्। ‘आकासे दलको भर छैन। खहरे जस्तै आएका राजनीतिक दल कतिखेर विलिन हुन्छन्, थाहा हुँदैन। त्यसैले राष्ट्रिय अन्तर्राष्ट्रिय विस्वास जितेको प्रत्येक राजनीतिक परिवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसलाई विजयी गराउनु नै अहिलेको आवस्यकता हो,’ उनले भने।

अहिले देश असहज परिस्थितिमा रहेकाले यसको सही निकास दिन सक्ने पार्टी पनि नेपाली कांग्रेस भएको महरले बताएका छन्। ‘राणा शासनको अन्त्य कांग्रेस नेतृत्वमै भयो। राजतन्त्रको अन्त्य कांग्रेसले नै ग-यो। सशस्त्र द्वन्द्वमा रहेको माओवादीलाई शान्ति प्रक्रियाको मूल धारमा ल्याउने काम कांग्रेस नेतृत्वमै भयो। संविधान कांग्रेस नेतृत्वकै सरकारले जारी ग-यो। त्यसैले मुलुक अप्ठ्यारोमा पर्दा सधैँ अभिभावकीय निर्वाह गर्ने पार्टी कांग्रेस हो। यस पटक पनि मुलुक असहज परिस्थितिमा रहेकाले राजनीतिक निकासका लागि कांग्रेसको जित आवस्यक छ,’ उनले भने।

पहाडकी रानीका रुपमा रहेको डडेलधुराको विकासका लागि कांग्रेसले थुप्रै काम गरेको र आगामी दिनमा पनि बाँकि रहेका कामलाई पूरा गर्ने उनले बताए। ‘हामीले डडेलधुरा सदरमुकामलाई पहाडकी रानी भन्छौं। यसको विकास गर्नुपर्ने छ। यसको सुन्दरतामा थप इट्टा थप्दै पर्यटकको आगमनलाई पढाउनुपर्ने छ। अजयमेरु कोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने छ। भागेश्वर धामको धार्मिक संरक्षण तथा प्रवद्र्धन गर्नुपर्ने छ,’ उनले भने। डडेलधुरा ३४ वर्षदेखि देउवा चुनाव जित्दै आएको क्षेत्र हो।

यो समाचारमा

डडेलधुराकाठमाडौँनेपाली काँग्रेसशेर बहादुर देउबा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...