टी–२० विश्वकप: दीपेन्द्रले दिलाए नेपाललाई चौथो सफलता

Author

सजिलो पत्रिका

२०८२ माघ २५, आइतबार

26
Share
Featured
  • वानखेडे स्टेडियममा जारी टी–२० विश्वकप खेलमा नेपालले इंग्ल्यान्डविरुद्ध चौथो विकेट लिँदै दबाब बढाएको छ।
  • दीपेन्द्रसिंह ऐरीले ज्याकब बेथललाई ५५ रनमा क्याच आउट गराउँदै महत्त्वपूर्ण सफलता दिलाए; बेथल–ब्रुकबीच ७१ रनको साझेदारी बनेको थियो।
  • चार मुख्य ब्याटर आउट भएसँगै नेपाल खेलमा पुनरागमन गर्ने स्थितिमा देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मुम्बईको वानखेडे स्टेडियममा जारी टी–२० विश्वकप क्रिकेटमा नेपालले बलियो प्रतिद्वन्द्वी इंग्ल्यान्डविरुद्ध चौथो सफलता हात पारेको छ। उपकप्तान दिपेन्द्र सिंह ऐरीले आक्रामक ब्याटिङ गरिरहेका ज्याकब बेथललाई आउट गर्दै नेपाललाई महत्त्वपूर्ण सफलता दिलाएका हुन्।

बेथलले ३५ बलमा ४ चौका र ४ छक्काको मद्दतले ५५ रन बनाएर खेलिरहेका बेला दीपेन्द्रले उनलाई लोकेश बमको हातबाट क्याच आउट गराए। बेथलले चौथो विकेटका लागि कप्तान ह्यारी ब्रुकसँग ७१ रनको साझेदारी गर्दै इंग्ल्यान्डको इनिङ्स सम्हालेका थिए।

यो विकेटसँगै नेपालले खेलमा पुनरागमन गर्ने प्रयास गरिरहेको छ। ताजा अवस्थामा इंग्ल्यान्डका चार मुख्य ब्याटर पेभेलियन फर्किसकेका छन्।

यो समाचारमा

काठमाडौँक्रिकेटदिपेन्द्र सिंह ऐरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...