टी–२० विश्वकप: न्युजिल्यान्डलाई अफगानिस्तानले दियो १८३ रनको लक्ष्य

Author

सजिलो पत्रिका

२०८२ माघ २५, आइतबार

18
Share
Featured
  • आईसीसी टी–२० विश्वकप समूह ‘डी’ मा अफगानिस्तानले न्युजिल्यान्डलाई १८३ रनको लक्ष्य दिएको छ।
  • अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनायो; गुलबदिन नैबले सर्वाधिक ६३ रन बनाए, न्युजिल्यान्डका लकी फर्गुसनले २ विकेट लिए।
  • आजै अन्य खेलमा नेपाल–इङ्ग्ल्यान्ड (समूह ‘सी’) र श्रीलङ्का–आयरल्याण्ड (समूह ‘बी’) भिड्ने छन्; यस संस्करणमा २० टोली सहभागी छन् र शीर्ष दुई टोली ‘सुपर–एट’मा प्रवेश गर्नेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘डी’ को खेलमा अफगानिस्तानले न्युजिल्यान्डलाई १८३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। भारतको चेन्नईमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनायो। अफगानिस्तानका लागि गुलबदिन नैबले सर्वाधिक ६३ रनको योगदान दिए भने न्युजिल्यान्डका लकी फर्गुसनले २ विकेट लिए।

विश्वकपमा आजै अन्य दुई महत्त्वपूर्ण खेलहरू पनि हुँदैछन्। समूह ‘सी’ मा रहेको नेपालले बलियो प्रतिद्वन्द्वी इङ्ग्ल्यान्डको सामना गर्दैछ भने समूह ‘बी’ मा श्रीलंका र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।

यस १०औँ संस्करणको विश्वकपमा २० टोली सहभागी छन्। हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा प्रवेश गर्नेछन् भने फाइनल खेल आगामी मार्च ८ मा हुनेछ। यसपटक इटालीले पहिलो पटक विश्वकपमा डेब्यु गर्दैछ।

यो समाचारमा

काठमाडौँश्रीलंकाभारतअफगानिस्तान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...