निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आयोगको आग्रह

Author

सजिलो पत्रिका

२०८२ माघ २३, शुक्रबार

18
Share
Featured
  • राष्ट्रिय मानव अधिकार आयोगले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन मानव अधिकारमैत्री र आचारसंहिता पालना गर्दै सम्पन्न गर्न आग्रह गरेको छ।
  • अनुगमनमा घृणाजन्य अभिव्यक्ति, डिजिटल बदनाम, गोप्य मतदान उल्लंघन र भ्रमपूर्ण प्रचार जस्ता गतिविधि देखिएको पाइएको छ।
  • आयोगले सामाजिक सञ्जाल दुरुपयोग रोक्न, गोपनीयता जोगाउन र हिंसारहित स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबै पक्षलाई अपिल गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै पक्षलाई आग्रह गरेको छ। आयोगले निर्वाचनका क्रममा देखिएका अमर्यादित र घृणाजन्य गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

आयोगको अनुगमनका क्रममा उम्मेदवारहरूले एक–अर्काविरुद्ध घृणाजन्य अभिव्यक्ति दिने, डिजिटल माध्यमबाट अरूको मर्यादामा आँच पुर्‍याउने र मतदाताको गोप्य मतदानको अधिकार उल्लंघन गर्दै भिडियो रेकर्ड गरी सामाजिक सञ्जालमा राख्ने जस्ता कार्य भएको पाइएको छ। यस्तै, निर्वाचनपूर्व नै जितको दाबी गर्ने भ्रमपूर्ण समाचार, फितलो मतदाता शिक्षा र राजनीतिक दलका कार्यालयमा भएका तोडफोडका घटनाप्रति पनि आयोगले चिन्ता व्यक्त गरेको छ।

आयोगले सामाजिक सञ्जालको दुरुपयोग रोक्न, मतदाताको गोपनीयता कायम राख्न र हिंसात्मक गतिविधि अन्त्य गर्दै निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन राजनीतिक दल, उम्मेदवार र सञ्चारमाध्यमलाई अपिल गरेको छ।

यो समाचारमा

काठमाडौँप्रतिनिधि सभाराष्ट्रिय मानव अधिकार आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...