सर्लाहीको लालबन्दीमा लघुवित्तका कर्मचारीमाथि छुरा प्रहार गरेर लुटपाट

Author

सजिलो पत्रिका

२०८२ माघ २३, शुक्रबार

22
Share
Featured


सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको एक लघुवित्त वित्तीय संस्थामा दिनदहाडै लुटपाट भएको छ। बिहीबार दिउँसो अज्ञात समूहले कार्यालयभित्र प्रवेश गरी कर्मचारीमाथि छुरा प्रहार गर्दै लुटपाट गरेको हो।

प्रहरीका अनुसार ५ देखि ६ जनाको समूह योजनाबद्ध रूपमा कार्यालयमा पसेर लुटपाट गरेको हो। आक्रमणकारीहरूले कर्मचारीलाई कोठाभित्र थुनेर रकम तथा अन्य सामग्री लुटेको प्रहरीले जनाएको छ।

घटनाका क्रममा छुरा प्रहारबाट केही कर्मचारी घाइते भएका छन्। उनीहरूको अवस्था खतरामुक्त रहेको जनाइएको छ। घटनापछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान अघि बढाइरहेको छ भने संलग्न समूहको खोजी तीव्र बनाइएको छ।

यो समाचारमा

सर्लाहीलालबन्दी नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...