कांग्रेसको एजेन्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासन हो : डा. कोइराला

Author

सजिलो पत्रिका

२०८२ माघ २२, बिहिबार

23
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका नेता डॉ. शेखर कोईरालाले नेपाली काङ्ग्रेसको एजेण्डा भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकासको कामहरु अगाडि बढाउने रहेको बताएका छन् ।

मोरङ क्षेत्र नम्बर ६ का जनताहरुसँग कुराकानी गर्दै उनले अरु नयाँ पार्टीहरुले जे काम गरेपनि नेपाली काङ्ग्रेसले जेनजीका माग अनुसार भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकास गर्ने कामहरु गरेको बताए ।

उनले भने, ‘नेपाली काङ्ग्रेसको एजेण्डा भनेको भ्रष्टाचारमुक्त समाज र सुशासनद्वारा विकासको कामहरु अगाडि बढाउने हो । जेनजीहरुको माग पनि यही रहेको छ । अरु नयाँ पार्टीहरुले के गरिरहेको थाहा छैन् तर चुनावमा मात्रै होइन ०६४ सालको चुनावदेखि एउटै कुरा भनिरहेको छु । भ्रष्टाचारमुक्त समाज हामी बनाउ, सुशासन दिउ, विकास गरौं, रोजगारीका अवसरहरु सिर्जना गरौं ।’

यस्तै, उनले नेपाली काङ्ग्रेसले युवाहरुको महत्व बुझेको भन्दै युवाहरुलाई निर्वाचनमा प्रोत्साहन गरिरहेको बताए ।

उनले भने, ‘युवाहरुलाई लोकल चुनावमा प्रोत्साहित दिनुपर्छ, ४० प्रतिशत युवाहरुलाई स्थान दिनुपर्छ भनिरहेको छु । प्रदेशको चुनावमा ३० प्रतिशतलाई दिनुपर्छ भनेको छु र केन्द्रमा अथवा संघीय चुनावमा २० प्रतिशत युवाहरुलाई दिनुपर्छ भनिरहेको छु । युवाहरुको महत्व नेपाली काङ्ग्रेसले नबुझेको होईन्, बुझेको छ ।’

यो समाचारमा

काठमाडौँडॉ. शेखर कोईरालानेपाली काँग्रेसमोरङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...