तोकिएकै मितिमा एकै चरणमा चुनाव हुन्छ- प्रधानमन्त्री कार्की

Author

सजिलो पत्रिका

२०८२ माघ २२, बिहिबार

14
Share
Featured
  • प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तोकिएकै मितिमा र एकै चरणमा हुने स्पष्ट पार्दै ढुक्क हुन आग्रह गरिन्।
  • मौसम अनुकूल रहने र सबै मतदाताले निर्धक्क भएर मतदान गर्न पाउने विश्वास व्यक्त गरिन्।
  • निर्वाचनपछि निर्वाचित प्रतिनिधि सभालाई सत्ता हस्तान्तरण गर्ने बताउँदै स्वच्छ र निष्पक्ष चुनावका लागि आयोगको भूमिकाको प्रशंसा गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन तोकिएकै मितिमा र एकै चरणमा सम्पन्न हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेकी छन्। बिहीबार जनक शिक्षा सामग्री केन्द्रमा पुगेर मतपत्र छपाइको अनुगमन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन दुई चरणमा नहुने र तोकिएकै समयमा हुने स्पष्ट पारिन्।

प्रधानमन्त्री कार्कीले निर्वाचनका बेला मौसम अनुकूल रहने र सबै मतदाताले निर्धक्क भएर मतदान गर्न पाउने विश्वास व्यक्त गरिन्। उनले निर्वाचन सम्पन्न भएपछि निर्वाचित प्रतिनिधि सभालाई सत्ता हस्तान्तरण गरेर आफूहरू घर फर्किने बताइन्।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले खेलिरहेको भूमिकाको समेत उनले प्रशंसा गरिन्।

यो समाचारमा

सुशीला कार्कीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...