२४ हजार मतदाता रहेको डोल्पामा हेलिकोप्टर माग

Author

सजिलो पत्रिका

२०८२ माघ २२, बिहिबार

22
Share
Featured
  • डोल्पाका उपल्लो क्षेत्रका २३ मतदान केन्द्रमा निर्वाचन सामग्री, कर्मचारी र सुरक्षाकर्मी पुर्‍याउन हेलिकोप्टर माग गरिएको छ।
  • विकट भूगोल र भारी हिमपातका कारण स्थलमार्ग सम्भव नभएकाले हेलिकोप्टर प्रयोग अपरिहार्य भएको निर्वाचन अधिकारीहरूको भनाइ छ।
  • जिल्लामा कुल ६८ मतदान केन्द्र र २४,१२५ मतदाता रहेका छन् भने २३ केन्द्रका लागि मात्रै ४३७ कर्मचारी हेलिकोप्टरबाट लैजानुपर्ने छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

हिमाली जिल्ला डोल्पाका २३ मतदान केन्द्रमा हेलिकोप्टर प्रयोगका लागि माग गरिएको छ । उपल्लो डोल्पामा पर्ने २३  मतदान केन्द्रमा निर्वाचन सामग्री, कर्मचारी तथा सुरक्षाकर्मी लैजाने कार्यकालागि हेलिकप्टर माग गरिएको हो । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा जिल्लाका २३ मतदान केन्द्रमा निर्वाचन सामग्री, कर्मचारी तथा सुरक्षाकर्मी ल्याउन लैजानका लागि हेलिकप्टर माग गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उपल्लो डोल्पामा पर्ने मतदान केन्द्रहरु भौगोलिक रुपमा विकट भएकाले निर्वाचन सम्पन्न गर्न हेलिकप्टर प्रयोगको विकल्प नभएको निर्वाचन अधिकारीहरुको भनाई छ  । एउटा मतदान केन्द्रमा नेपाली सेना सशस्त्र प्रहरीबाहेक १९ जना कर्मचारी जिल्लाबाट खटिने छन् ।

त्यसमा पालिकाबाट थप तीन जना खटाइने बताइएको छ । १९ जनाका दरले जिल्लाबाट मात्रै ४ सय ३७ कर्मचारी हेलिकप्टरमा लैजानुपर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

उपल्लो डोल्पा क्षेत्रमा भारी हिमपात भएकाले मतदान केन्द्रमा खटिने नेपाली सेनासशस्त्र प्रहरी बललाई समेत हेलिकप्टरबाट लैजान माग गरिएको छ । डोल्पामा कुुल ६८ वटा मतदान केन्द्र रहेका छन् भने कुल मतदाता २४ हजार १ सय २५ मतदाता रहेका छन् ।

यो समाचारमा

नेपाली सेनाडोल्पाकाठमाडौँप्रतिनिधि सभा
सशस्त्र प्रहरी बल4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    काठमाडौँ । रुकुमपूर्वको कोल क्षेत्र केन्द्रविन्दु भएर आइतबार दिउँसो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ४ बजेर ३० मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पको धक्का रुकुमपूर्वका साथै आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो। भूकम्पका कारण भएको मानवीय वा भौतिक क्षतिको हालसम्म कुनै आधिकारिक विवरण प्राप्त

    Data is loading...

    Loading brands...

    Loading footer...