बीमाको समस्या समाधान गरेर नियमन गर्न जरुरी : प्रधानमन्त्री

Author

सजिलो पत्रिका

२०८२ माघ २१, बुधबार

16
Share
Featured
  • प्रधानमन्त्री सुशिला कार्कीले स्वास्थ्य बीमामा समस्या रहेको र एकद्वार प्रणालीमार्फत कडाइका साथ नियमन आवश्यक रहेको बताइन्।
  • पैसा खर्च भइरहे पनि जनताले उपचार नपाएको भन्दै ऋण गरेर भए पनि समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गरिन्।
  • सरकारले १ लाखसम्म उपचारको घोषणा गरे पनि बीमाको रकम नपाएर अस्पतालले सेवा बन्द गर्नु गम्भीर समस्या भएको उल्लेख गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले बीमाको समस्या समाधान गरेर यसलाई नियमन गर्न जरुरी रहेको बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित स्वास्थ्य बिमाको वर्तमान अवस्था तथा भावी मार्गचित्रसम्बन्धी छलफलमा उनले पहिलाका नेताहरुले सबैका लागि सोचेर काम गरेपनि बीमालाई एकद्वार प्रणालीबाट लागू गरे गरिब, निमुखा, वृद्धले सुविधा पाउने बताइन् ।

उनले भनिन्, ‘जसलाई दिनुपर्ने हो त्यसले त त्यो सुविधा पाउनुपर्छ नि, गरिब, निमुखा, वृद्धले पाओस् न, दिने भनेर सबैलाई दिएर पनि हुँदैन । यस्तो खालको समस्या छ यो हाम्रो पालामा होइन पहिलै भएको कुरा हो । पहिलाका नेताहरुले सबैका लागि सोचेर, धर्म सोचर यस्तो काम गर्नु भएको होला तर यो एकद्वारबाट भएको भए राम्रो हुन्थ्यो । यसलाई नियमन गर्न जरुरी छ ।’

यस्तै, उनले पैसा गईरहेको छ तर जनताले उपचार पाएको छैन भने सरकारले सित्तै पैसा खाएको जस्तो हुने भन्दै यसबारे छलफल गरेर ऋण गरेर भएपनि समस्या समाधान गर्नुपर्ने बताइन् । बीमाको काम पहिलाको सरकारबाट भएपनि हिजोको र आजको सरकारले जनतालाई मतलब नभएको पनि उनको भनाई छ ।

उनले भनिन्, ‘पैसा गईरहेको छ, जनताले उपचार पनि पाएको छैन । यो अवस्थालाई नियन्त्रण गर्नुपर्छ । अब के गर्ने गर्नुपर्छ किनभने जनताले ३५०० तिरि रहेको छ सरकारले सित्तै खाएको जस्तो भई रहेको छ । यसमा के गर्ने हो सोच्नुपर्छ । यसबारे छलफल गरेर ऋण गरेर हुन्छ कि के गरेर हुन्छ जसरी भएपनि गर्नै पर्छ । हिजो कुन हिसाबबाट यो काम भयो तर जनताले सरकार नै देख्छ हिजोको र आजको सरकारले जनतालाई मतलब हुँदैन ।’

उनले नेतागिरी गर्ने हिसाबबाट बोल्दा सुविधा दिने १० वटा बाटो देखाउने स्रोत छ कि छैन त्यसको विचार नगर्ने प्रवृत्ति पनि रहेको उल्लेख गरेकी छन् । एकातिर जनताले ३५०० तिरि रहेको छ, अर्को तिर सरकारले १ लाखसम्मको उपचार गरिदिने भनेर भनेको छ तर बीमाको रकम नपाएर अस्पतालले सेवा बन्द गरेको पनि उनको भनाई छ ।

उनले भनिन्, ‘बीमा सम्बन्धी कानून ल्याउन पनि खोजेको, हामीले छलफल पनि गरेका थियौं तर हामी लाइनमा जानै सकेनाैं । त्यो रेसमा जाने हाम्रो चलन पनि छैन, बानी पनि छैन । समयमा हामीले गर्न सकेनौं । एकातिर जनताले ३५०० तिरि पनि रहेको छ, अर्को तिर सरकारले १ लाखसम्मको उपचार गरिदिने भनेर भनेको पनि छ । अहिले बीमाको रकम नपाएर अस्पतालले बन्द पनि गरेको छ । यसको जिम्मा आउने भनेको हाम्रो टाउकोमा हो । मन्त्रिपरिषद्ले गर्न सकेन् भन्ने कुरा हुन्छ, प्रश्न उठ्छ ।’

यो समाचारमा

काठमाडौँसुशीला कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रधानमन्त्री बालेन शाहको 'सीमासम्बन्धी अभिव्यक्ति' संसद्को रेकर्डबाट हटाउन सांसदहरूको माग

    काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीका समस्या तत्काल सम्बोधन गरी उचित व्यवस्थापनको माग गरेका छन् ।प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बोल्न समय दिँदै सुकुमवासी समस्या समाधानसहित समसामयिक विषयमा भनाइ राखेका हुन् ।सांसद गणेशसिंह ठगुन्नाले सुकुमवासीको समस्या बेलैमा सम्बोधन गर्न सरकारको ध्यानर्कषण गराए

    Data is loading...

    Loading brands...

    Loading footer...