‘सफल बैंकर’को इतिहास बोकेका भरतराज ढकाललाई स्याङ्जा १ परीक्षा

Author

सजिलो पत्रिका

२०८२ माघ २१, बुधबार

27
Share
Featured
  • स्याङ्जा–१ बाट कांग्रेस उम्मेदवार भरतराज ढकाल बैंकिङ, उद्यमशीलता र कृषि अर्थतन्त्र सुधारको एजेन्डासहित चुनावी मैदानमा छन्।
  • मुक्तिनाथ विकास बैंक र कृषि कम्पनीमार्फत वित्तीय साक्षरता, महिला सशक्तिकरण र कृषि मूल्य श्रृंखला विकासमा उल्लेखनीय योगदान गरेका छन्।
  • नीति निर्माण तहमा पुगेर कृषि सुधार, स्वरोजगार र स्थानीय विकासलाई संस्थागत गर्ने लक्ष्यसहित उम्मेदवारी दिएका हुन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलका क्रियाशील नेतादेखि पत्रकार, कलाकार, बैंकर तथा उद्यमीदेखि सामाजिक अभियन्ता समेत चुनावी दौडमा निस्किएका छ । जेनजी आन्दोलनपछि बदलिएको मनोभावनालाई प्रतिनिधित्व गर्ने दाबी गर्दै उम्मेदवारहरु चुनावी दौडधुपमा छन् ।

बैंक तथा वित्तिय क्षेत्रमा लामो समय विताएका भरतराज ढकाललाई पनि चुनावी दौडधुपले व्यस्त गराएको छ । स्याङग्जा जिल्लाको क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका उनी कृषि अर्थतन्त्रको सुधारलाई मुख्य लक्ष्य बनाएर मतदाता भेटिरहेका छन् ।

‘दैनिक कार्यतालिका बनाएरै भेटघाटमा व्यस्त छु, फरक अनुभव पनि गरिरहेको छु । सबैको भावना र मनोविज्ञान बुझ्ने मौका मिलिरहेको छ । पार्टीको आन्तरिक व्यवस्थापनदेखि निर्वाचन परिचालनको संयन्त्र बनाएर काम गरिरहेको छ,’ उनले सुनाए ।

नीति तथा कानून निर्माण तहमा निर्भीक, इमानदार र कर्तव्यनिष्ठ नेतृत्व आवश्यक रहेको औंल्याएका उनले बैंकिङ क्षेत्रको अनुभव र उद्यमशील सोचलाई स्याङ्जाको विकासमा खर्चिने पनि बताए ।

गाउँबाट राष्ट्र निर्माणसम्मको यात्रामा
स्याङ्जाको दुर्गम गाउँ फापरथुम जहाँ सपना देख्नै कठिन मानिन्थ्यो । त्यही माटोमा जन्मिएर हुर्किएका हुन् भरतराज ढकाल । पोखराबाट आईए उत्तीर्ण गरेपछि सुनौलो भविष्यको खोजीमा उनी काठमाडौँ पुगे, तर सुविधासम्पन्न शहरको चमकले उनको मनलाई कहिल्यै बाँध्न सकेन । गाउँका डाँडाकाँडा, त्यहाँका जनताको पीडा र सम्भावनाले नै उनलाई निरन्तर तानिरह्यो । त्यो समय देश सशस्त्र जनयुद्धको चरम अवस्थामा थियो ।

स्याङ्जाका बैंक तथा वित्तीय संस्थाहरू विस्थापित भई पोखरा झरेका थिए। सामान्य वित्तीय कारोबारका लागि पनि स्याङ्जाबासीले दिनभरि दुःख गरेर पोखरा धाउनुपर्ने बाध्यता थियो। यही पीडालाई नजिकबाट अनुभूति गरेका ढकालले जनताको वित्तीय आवश्यकता पूरा गर्ने संकल्प लिएर काठमाडौँको सुरक्षित बाटो त्यागी स्याङ्जा फर्किए ।

उनले वि.स.२०५६ मा स्याङ्जा सदरमुकाममा आफु प्रबन्धक भई रोयल सहकारी संस्था स्थापना गरे । साथै, ‘सहारा नेपाल’ नामक सामाजिक संस्था स्थापना गरी मुठ्ठीदान अभियानमार्फत अनाथ बालबालिकाको लालनपालन सुरु गरे । उनको स्पष्ट निष्कर्ष थियो ‘जब महिलाको उत्थान हुँदैन, तबसम्म घर, समाज र देशको विकास सम्भव हुँदैन ।’

यसै सोचका साथ उनले ०६० सालबाट सहकारीमार्फत स्याङ्जाका गाउँ–गाउँमा लघुवित्त कार्यक्रम सुरु गरे । महिलाहरूको समूह निर्माण, साना बचत संकलन, साना कर्जा वितरण र वित्तीय जागरण अभियान । यी सबै काम उनले जिल्लामै पहिलो पटक सुरु गरे । यसले हजारौँ महिलाको जीवनमा आत्मनिर्भरता र आत्मविश्वास भरेको थियो ।

तर यतिले मात्र स्याङ्जाबासीको आवश्यकता पूरा भएन । उद्यमशीलता विकासका लागि अझै फराकिलो वित्तीय दायरा आवश्यक थियो । यही चुनौतीलाई आत्मसात गर्दै उनले स्याङ्जा जिल्लाकै पहिलो स्थानीय बैंक खोल्ने साहसिक निर्णय गरे ।

सुरुवातमा धेरैले उनलाई पत्याएनन् । तर उनको हिम्मत, आत्मविश्वास र दूरदृष्टि कहिल्यै डगमगाएन । अन्ततः विस २०६३ पौष १९ गते, २९ जना शेयरधनी मार्फत रु.१ करोड ३० लाख पुँजी संकलन गरी मुक्तिनाथ विकास बैंक लिमिटेड दर्ता गर्न उनी सफल भए । जहाँ उनी स्वयं प्रमुख कार्यकारी अधिकृत बने ।

‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने मान्यतालाई आत्मसाथ गरेका ढकाल कर्मचारीसहित घर–घर पुग्ने गर्दथे । त्यो बेला टोल–टोलमा लघुवित्त समूह बने, विपन्न परिवारले सहजै वित्तीय सेवा पाए, हजारौँ महिलालाई व्यावसायिक तालिम दिइयो, र स्याङ्जामा वित्तीय साक्षरताको ऐतिहासिक अभियान सुरु भयो ।
यी सबै अभियानहरूको नेतृत्वकर्ता थिए—ढकाल । बैंक जनतामाझ दिन–प्रतिदिन लोकप्रिय बन्यो । उनको कुशल नेतृत्व र सुशासनको कारण स्थापनाको १० वर्षमै स्याङ्जाबाट सुरु भएको बैंक राष्ट्रिय स्तरको अब्बल वित्तीय संस्थामा स्तरोन्नति भयो ।

यसको पृथक कार्यशैलीकै कारण मुक्तिनाथ विकास बैंक देशव्यापी रूपमा वित्तीय जागरण र साक्षरताको अग्रणी संस्था बन्न पुग्यो । महिला उद्यमशीलतामा उल्लेखनीय योगदान दिए बापत बैंक युरोपियन माइक्रोफाइनान्स अवार्डबाट सम्मानित भयो । हालसम्म बैंकले दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ ।

मुक्तिनाथ विकास बैंकले देशभर १५ लाखभन्दा बढी ग्राहकलाई सेवा, हजारौँ युवालाई प्रत्यक्ष रोजगारी, र हजारौँ उद्यमीलाई वित्तीय तथा गैर–वित्तीय सेवा मार्फत सशक्त बनाइरहेको छ । रु.१ करोड ३० लाखबाट सुरु भएको बैंक आज रु.८ अर्ब पुँजी, र रु।१३६ अर्बको वासलात आकारको हैसियतमा पुगेको छ । यसमा ढकालको कुशल नेतृत्व र सुशासनको ठूलो भूमिका रहेको स्वीकार्नेहरु धेरै छन् ।

यही क्रममा लामो अध्ययन–अनुसन्धानपछि उनले निष्कर्ष निकाले, ‘स्वरोजगार सृजना, वैदेशिक पलायन रोक्न र उद्यमशीलता विकास गर्न कृषि क्षेत्रमा आमूल परिवर्तन अपरिहार्य छ’ यसै विश्वासका साथ उनले वि.स. २०७५ मा महिनाको लाखौँ तलब पाउने पद त्यागे र नेपालकै पहिलो कृषि मूल्य श्रृंखलामा काम गर्ने कम्पनी मुक्तिनाथ कृषि कम्पनी स्थापना गरे । ‘गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा’ भन्ने मन्त्रलाई आत्मसात गर्दै उनले पहिलो दुई वर्ष बिना कुनै सेवा–सुविधा काम गरे ।

आज यो कम्पनी ७ औँ वर्षमा प्रवेश गर्दै सातै प्रदेशका हजारौँ कृषकलाई व्यावसायिक कृषि परामर्श, सीप विकास तालिम, कृषि औजार, उपकरण, मलखाद उपलब्ध गराउँदै आएको छ । साथै, स्थानीय उत्पादनलाई उपभोक्तासम्म र अब अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने मार्गमा अघि बढिरहेको छ ।

कृषि क्षेत्रको अपार सम्भावनालाई व्यवहारमा उतार्न सरकारी नीतिगत सुधार अपरिहार्य रहेको भन्दै निरन्तर वकालत गर्दै आएका ढकाल आज नीति निर्माणको तहमा पुग्ने उद्देश्यसहित प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारका रूपमा जनतामाझ उभिएका छन् । ब्यक्तिगत तथा संस्थागत रुपमा स्याङ्जाका धेरै सामाजिक कार्यमा योगदान पुर्याएका छन् ।

यो समाचारमा

स्याङग्जाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...