विश्वकपअघि नेपालको दमदार सुरुवात, यूएई ७ विकेटले पराजित

Author

सजिलो पत्रिका

२०८२ माघ २१, बुधबार

25
Share
Featured

काठमाडौँ

आईसीसी टी–२० विश्वकप २०२६ को तयारीमा रहेको नेपाली क्रिकेट टिमले पहिलो वार्म–अप खेलबाट दमदार सुरुवात गरेको छ । चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले ७ विकेटको शानदार जित निकालेको हो।

सुरुवातमै तीन विकेट गुमाएर दबाबमा परेको नेपाललाई उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले उत्कृष्ट साझेदारी गर्दै जितको बाटोमा फर्काएका हुन्। दुवैले चौथो विकेटका लागि १०८ रनको अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।

नेपालले १४६ रनको लक्ष्य पछ्याउने क्रममा ६.५ ओभरमै ४५ रन बनाउँदा तीन विकेट गुमाइसकेको थियो। ओपनर कुशल भुर्तेल र आशिफ शेख दुवै आठ–आठ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेल १६ रन बनाएर रनआउट भएपछि नेपाल दबाबमा परेको थियो।

त्यसपछि मैदानमा आएका आरिफ शेख र पहिलेबाट क्रिजमा रहेका दीपेन्द्रसिंह ऐरीले संयमित र आक्रामक ब्याटिङको उत्कृष्ट संयोजन प्रस्तुत गरे । आरिफले ३७ बलमा दुई छक्का र आठ चौकाको मद्दतमा अविजित ६१ रन बनाए भने दीपेन्द्रले ३१ बलमा एक छक्का र चार चौकासहित नटआउट ५० रन जोडे।

नेपालले १७ ओभरमै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै १८ बल बाँकी छँदै खेल समाप्त ग-यो। यसअघि यूएईले टस हारेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो। यूएईका लागि शोएब खानले ३८ रन बनाए भने हर्षित कौशिकले ३१ रनको योगदान दिए।

नेपालका बलरहरू प्रभावशाली देखिए। करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे। विश्वकपअघि मध्यक्रमले देखाएको धैर्य र जिम्मेवारीपूर्ण प्रदर्शन नेपाली टोलीका लागि सकारात्मक संकेत मानिएको छ। अब नेपालले दोस्रो वार्म–अप खेलमा बिहीबार क्यानडासँग खेल्नेछ भने विश्वकपको पहिलो आधिकारिक खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध खेल्ने तालिका रहेको छ।

यो समाचारमा

काठमाडौँसंयुक्त अरब इमिरेट्सक्यानडा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    काठमाडौँ ।  फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप - २०२६ को फाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए

    Data is loading...

    Loading brands...

    Loading footer...